आठबिसकोट । रुकुम पश्चिमको आठविकोट नगरपालिकाले पनि ’जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिएको छ । नगर कार्यपालिकाले निर्णय गर्दै फागुन १ गते भोली सार्वजनिक बिदा दिएको जनाएको छ ।
नेपालमा सामाजिक न्याय र समानता कायम गर्न राजतन्त्रको अन्त्य गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना गर्न २०५२ फागुन १ गतेदेखि सुरु भएको ऐतिहासिक जनयुद्धको स्मरण गर्दै सार्वजनिक बिदा दिइएको नगरप्रमुख रबि केसीले जानकारी दिनुभयो ।
युद्धका क्रममा सहादत प्राप्त गर्ने सबै शहीदहरूप्रति उच्च श्रद्धा र सम्मानका लागि भोली यस आठविसकोट नगरपालिका नगर कार्यपालिकाको कार्यालय अन्तर्गतका निकाय र विद्यालयहरूमा सार्वजनिक बिदा दिइएको प्रमुख केसीले बताउनुभयो ।
यो संगै रूकुमका ५ पालिकाले बिदा दिएका छन । बाँफिकोट, त्रिवेणी र सानीभेरी गाउँपालिकाले बिदा दिइसकेका छन । जिल्लाको मुसिकोट नगरपालिकाले भने अहिलेसम्म बिदाका बारेमा केही खुलाएको छैन ।