आठबिसकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिकाको -९ राडी बजारमा खानेपानीको चरम अभाब भएको छ । ४ दिनदेखि राडी बजारवासी खानेपानी नहुँदा काकाकुल भएका छन् ।
Advertisement
राडी बजारको नगरपालिका कार्यालयदेखि मैडाँडा जाने सडक मर्मत संभार गर्ने क्रममा खानेपानीका पाइपहरुमा क्षति हुँदा खानेपानी अवरुद्ध भएको हो। नगरपालिकाको केन्द्र समेत रहेको राडीबजारमा चारदिन देखि खानेपानी अभाब हुँदा स्थानीयको जनजीवन प्रभावित बनेको छ ।
स्थानिय बुद्धिजीवी दीपक केसीका अनुसार पिउने पानी नै नभएपछि निकै समस्या भएको छ । शौचालय गर्न, लत्ताकपडा धुन, नुहाउन समस्या भएको उहाँले बताउनुभयो ।
निर्माण व्यवसायीले उक्त सडक मर्मत गर्न ढिलाइ गर्दा पानीको अभाब भएको स्थानीयहरू बताउँछन् । खानेपानी नभएपछि विद्यालय तथा अन्य कार्यालयहरू बन्द गर्नु पर्ने स्थिति आएको बताइएको छ ।