• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • श्रम बैदेशिक रोजगार
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, माघ ०५, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • श्रम बैदेशिक रोजगार
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आज पनि बढ्यो सूनको मूल्य

यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित)

देउवाका विश्वासका पात्र मीन विश्वकर्मा गगन फकाउँदै भन्छन् अब हामी मिलौँ

दाङ-२ मा युुवा नेता दुर्लभ केसी प्रतिनिधि सभा निर्वाचनमा भिड्दै

धरानमा भयानक बस दुर्घटना ५ जनाको मृत्यु १३ जना घाइते

जाजरकोटमा फेरी पनि शक्ति बस्नेतलाई टिकट दिएपछि पूर्वमन्त्री सिंहले छोडे नेपाली कम्युनिष्ट पार्टी

बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी

एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार

बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प

लोकप्रिय समाचार

  • १. जाजरकोटमा फेरी पनि शक्ति बस्नेतलाई टिकट दिएपछि पूर्वमन्त्री सिंहले छोडे नेपाली कम्युनिष्ट पार्टी

  • २. विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

  • ३. कठोर उपमेयर धन कुमारी शाही

  • ४. रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

  • ५. रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

  • ६. के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

  • ७. आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

  • ८. आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु

  • ९. बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी

  • १०. एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार

तरकारी किसानको पीडा : राखौँ दुई दिन टिक्दैन बेचौँ पाँच रुपियाँ उठ्दैन


  •   बुधबार, माघ ३०, २०८१ मा प्रकाशित
  • नेपाली किसानले उत्पादन गरेका काउली, बन्दा, गोलभेँडालगायतका तरकारीले बजार र मूल्य नपाउँदा उत्पादक किसान मर्कामा छन् । तरकारी उत्पादनमा लाखौँ लगानी गरेर उत्पादन गरेका तरकारीले भाउ नपाउँदा तरकारी उत्पादक किसान मर्कामा परेका हुन् । केही दिनयता किसानले काउलीको मूल्य नपाएपछि बारीमै जोत्न थालेका छन् ।

    Advertisement

    गत वर्ष असारमा देशकै ठुलो तरकारी बजारमा व्यापारीले गोलभेँडाको भाउ नपाएको भन्दै ठुलो परिणाम गोलभेँडा सडकमा फ्याँकेर विरोध गरेका थिए । त्यसको दुई महिनापछि बजारमा गोलभेँडा आउने क्रम नै रोकियो । नेपाली उत्पादनको सिजन सकिएपछि भारतीय गोलभेँडा उच्च मूल्यमा उपभोक्ताले किन्न बाध्य भए । ठ्याक्कै त्यही बेला कतिपय नेपाली सस उद्योग बन्द हुने अवस्था आएको भन्दै भारतबाट चर्को मूल्यमा गोलभेँडा आयातसमेत भएको थियो ।

    यस्तै २०७९ माघमा स्वदेशी तरकारीले उत्पादन अनुसार लागत नपाएको भन्दै चितवनकै किसानले नारायणगढ, पुल्चोक सडकमा गोलभेँडा, काउली, बन्दालगायतका तरकारी फालेर विरोध गरेका थिए । २०७८ मा मकवानपुर, काभ्रे, चितवनलगायत विभिन्न स्थानका किसानले हजारौँ केजी काउली उखेलेर फालेका थिए । यो हेर्दा हरेक वर्ष तरकारी उत्पादक किसानले तरकारी भाउ नपाउने समस्या रहेको देखिन्छ ।

    सोही समस्या यस पटक पनि दोहोरिएको हो । केही दिनदेखि देशका विभिन्न स्थानका किसानले बारीमै काउली फालिरहेका छन् । प्रतिकेजी उत्पादन लागत २० रुपियाँ पर्ने काउली पाँच रुपियाँमा पनि बिक्न छोडेपछि अधिकांश किसानले बारीमै जोतेर पुर्न थालेका छन् । मकवानपुरका तरकारी उत्पादक राजु अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत लाखौँ खर्चेर उत्पादन गरेको काउली र मुलाले भाउ नपाएर बारीमै खेर जाने अवस्था आएको गुनासो गर्नुभएको छ । उहाँले स्टाटसमार्फत भन्नुभएको छ, “तरकारी उत्पादनका लागि ऋण लिएर लगानी गरियो, लागत पनि उठेन, त्यही ऋण तिर्नलाई विदेश भासिनुको विकल्प छैन ।”

    यो समस्या उहाँको मात्रै होइन अधिकांश किसानले यस्तै समस्या भोग्दै आएका छन् । त्यसो त गत साता भरतपुर–२४ केरुङ ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्था लिमिटेडका सेयर सदस्य किसानबाट उत्पादित काउलीले बजार मूल्य नै नपाएपछि बारीमै ट्याक्टर लगाएर जोत्न बाध्य भएका थिए । राष्ट्रिय किसान आयोगका सदस्य सूर्यप्रसाद खनालले भारतबाट खुलेआम रूपमा ठुलो परिणाममा तरकारी भित्रिँदा नेपाली किसानले उत्पादन गरेको तरकारीले बजार नपाएर बारीमा पुर्नुपर्ने अवस्था आएको बताउनुभयो । भारतको तरकारीको लागत कम हुने र स्थानीय तरकारीको लागत बढी हुँदा भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न नसक्दा नेपाली कृषक मर्कामा परेको उहाँको बताउनुभयो ।

    भारतबाट धेरै तरकारी आएकै कारणले किसान मर्कामा परेको बताउँदै उहाँले भन्नुभयो, “यो समस्या हरेक वर्षको तरकारी सिजनमा हुन्छ, यसको दीर्घकालीन समाधान खोज्नु पर्छ तर सरकार किसानको पक्षमा देखिँदैन ।” कडा मेहनत र लगानीले उत्पादन गरेका तरकारी बजारमा पुर्‍याउनुको सट्टा बारीमै पुर्नुपर्ने कारुणिक अवस्थाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सरकारी निकायबाट किसानका समस्याप्रति गम्भीर भई समाधान दिनेभन्दा पनि आलटाल गरेर पन्छिने प्रवृत्तिले गर्दा नेपाली किसान कहिल्यै माथि उठ्न नसकेको उहाँको आरोप छ । देशकै ठुला तरकारी बजारमा भित्रिएको तरकारीमध्ये ४५ प्रतिशत बजार मागको हिस्सा भारतीय तरकारीले ओगटेको छ । नेपालमा उत्पादन भएको तरकारीको हिस्सा ५५ प्रतिशत छ ।

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार भारतबाट आउने तरकारीमध्ये ठुलो परिणाम आलु र प्याज छ । पछिल्लो पटक कन्दमूल (तरुल, सखरखण्ड, पिँडालु) समेत भारतबाट आएको छ । अघिल्ला वर्षमा यस्ता कन्दमूल असाध्यै कम आउने गरेकामा यस पटक यी वस्तुको आयात बढेको कालीमाटीका थोक व्यापारीहरू बताउँछन् । समितिका प्रवक्ता विनय श्रेष्ठले कालीमाटीमा हरिया तरकारीभन्दा पनि आलु, प्याज र कागती बढी आउने गरेको जानकारी दिनुभयो । पछिल्लो पटक भारतबाट हरिया तरकारीमा हरियो फर्सी, घिउसिमी, हरियो केराउ, गाजर, भिन्डी, ठुलो गोलभेँडा आएको तर यसको परिणाम असाध्यै थोरै भएको उहाँको भनाइ छ । समितिका अनुसार भारतबाट भित्रिएको आलुले अहिले बजारको मागको ६० प्रतिशत हिस्सा ओगटेको छ भने प्याज त लगभग ९९ प्रतिशत नै भारतकै भर पर्नु पर्छ । यो खबर गोरखापत्रमा छ ।

    बुधबार, माघ ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित)
    दाङ-२ मा युुवा नेता दुर्लभ केसी प्रतिनिधि सभा निर्वाचनमा भिड्दै
    जाजरकोटमा फेरी पनि शक्ति बस्नेतलाई टिकट दिएपछि पूर्वमन्त्री सिंहले छोडे नेपाली कम्युनिष्ट पार्टी
    आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन
    म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन
    निर्वाचन आयोगमा कांग्रेसको दुुई पक्षको नाराबाजी, सुरक्षा व्यवस्था कडा

    लोकप्रिय

    • १.
      जाजरकोटमा फेरी पनि शक्ति बस्नेतलाई टिकट दिएपछि पूर्वमन्त्री सिंहले छोडे नेपाली कम्युनिष्ट पार्टी

    • २.
      विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

    • ३.
      कठोर उपमेयर धन कुमारी शाही

    • ४.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ५.
      रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

    • ६.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    भर्खरै

    • १.
      आज पनि बढ्यो सूनको मूल्य

    • २.
      यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित)

    • ३.
      देउवाका विश्वासका पात्र मीन विश्वकर्मा गगन फकाउँदै भन्छन् अब हामी मिलौँ

    • ४.
      दाङ-२ मा युुवा नेता दुर्लभ केसी प्रतिनिधि सभा निर्वाचनमा भिड्दै

    • ५.
      धरानमा भयानक बस दुर्घटना ५ जनाको मृत्यु १३ जना घाइते

    • ६.
      जाजरकोटमा फेरी पनि शक्ति बस्नेतलाई टिकट दिएपछि पूर्वमन्त्री सिंहले छोडे नेपाली कम्युनिष्ट पार्टी

    • ७.
      बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी

    • ८.
      एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.