• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
बुधबार, असार १०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

आठबिसकोटले ल्यायो ७१ करोडको बजेट

आठबिसकोट नगर अस्पतालका ३६ कर्मचारीको सामूहिक राजीनामा

किर्तिपुरको विकासलाई तीव्रता दिन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ

सुनचाँदीको मूल्यमा निरन्तर गिरावट,आज पनि घट्यो

रोनाल्डोको शानदार कमब्याक : उज्वेकिस्तान विरुद्ध ५-० ले बिजयी

आज घट्यो सुनको मुल्य

आठबिसकोट नगर अस्पतालमा करार कर्मचारी द्वारा सेवा ठप्प

विष्णु पौडेल पक्राउ प्रकरण : देशमा अब आगो बाल्ने महेशको चेतावनी

समान तलब नभएको भन्दै आठबिसकोट नगर अस्पतालका करार कर्मचारी असन्तुष्ट

लोकप्रिय समाचार

  • १. आठबिसकोट नगर अस्पतालका ३६ कर्मचारीको सामूहिक राजीनामा

  • २. आठबिसकोट नगर अस्पतालमा करार कर्मचारी द्वारा सेवा ठप्प

  • ३. समान तलब नभएको भन्दै आठबिसकोट नगर अस्पतालका करार कर्मचारी असन्तुष्ट

  • ४. रुकुम पश्चिमको मुसिकोट स्थित मुग्लुखोलामा माछामार्ने क्रममा युवकको मृत्यू

  • ५. किर्तिपुरको विकासलाई तीव्रता दिन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ

  • ६. विष्णु पौडेल पक्राउ प्रकरण : देशमा अब आगो बाल्ने महेशको चेतावनी

  • ७. दुर्गानगर विकास समाजको कार्यक्रममा मुख्यमन्त्री बानियाँद्वारा विकास र एकताको सन्देश

  • ८. कक्षा १२ को नतिजा सार्वजनिक, ६९.७५ प्रतिशत विद्यार्थी उत्तीर्ण

  • ९. सानीभेरी गाउँपालिका अस्पतालका सुरक्षा गार्डको शव नदी किनारमा फेला

  • १०. कानून विपरित सन्चालित क्रसर उद्योगमा आठबिसकोटको ताला

तरकारी किसानको पीडा : राखौँ दुई दिन टिक्दैन बेचौँ पाँच रुपियाँ उठ्दैन


  •   बुधबार, माघ ३०, २०८१ मा प्रकाशित
  • नेपाली किसानले उत्पादन गरेका काउली, बन्दा, गोलभेँडालगायतका तरकारीले बजार र मूल्य नपाउँदा उत्पादक किसान मर्कामा छन् । तरकारी उत्पादनमा लाखौँ लगानी गरेर उत्पादन गरेका तरकारीले भाउ नपाउँदा तरकारी उत्पादक किसान मर्कामा परेका हुन् । केही दिनयता किसानले काउलीको मूल्य नपाएपछि बारीमै जोत्न थालेका छन् ।

    Advertisement

    गत वर्ष असारमा देशकै ठुलो तरकारी बजारमा व्यापारीले गोलभेँडाको भाउ नपाएको भन्दै ठुलो परिणाम गोलभेँडा सडकमा फ्याँकेर विरोध गरेका थिए । त्यसको दुई महिनापछि बजारमा गोलभेँडा आउने क्रम नै रोकियो । नेपाली उत्पादनको सिजन सकिएपछि भारतीय गोलभेँडा उच्च मूल्यमा उपभोक्ताले किन्न बाध्य भए । ठ्याक्कै त्यही बेला कतिपय नेपाली सस उद्योग बन्द हुने अवस्था आएको भन्दै भारतबाट चर्को मूल्यमा गोलभेँडा आयातसमेत भएको थियो ।

    यस्तै २०७९ माघमा स्वदेशी तरकारीले उत्पादन अनुसार लागत नपाएको भन्दै चितवनकै किसानले नारायणगढ, पुल्चोक सडकमा गोलभेँडा, काउली, बन्दालगायतका तरकारी फालेर विरोध गरेका थिए । २०७८ मा मकवानपुर, काभ्रे, चितवनलगायत विभिन्न स्थानका किसानले हजारौँ केजी काउली उखेलेर फालेका थिए । यो हेर्दा हरेक वर्ष तरकारी उत्पादक किसानले तरकारी भाउ नपाउने समस्या रहेको देखिन्छ ।

    सोही समस्या यस पटक पनि दोहोरिएको हो । केही दिनदेखि देशका विभिन्न स्थानका किसानले बारीमै काउली फालिरहेका छन् । प्रतिकेजी उत्पादन लागत २० रुपियाँ पर्ने काउली पाँच रुपियाँमा पनि बिक्न छोडेपछि अधिकांश किसानले बारीमै जोतेर पुर्न थालेका छन् । मकवानपुरका तरकारी उत्पादक राजु अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटसमार्फत लाखौँ खर्चेर उत्पादन गरेको काउली र मुलाले भाउ नपाएर बारीमै खेर जाने अवस्था आएको गुनासो गर्नुभएको छ । उहाँले स्टाटसमार्फत भन्नुभएको छ, “तरकारी उत्पादनका लागि ऋण लिएर लगानी गरियो, लागत पनि उठेन, त्यही ऋण तिर्नलाई विदेश भासिनुको विकल्प छैन ।”

    यो समस्या उहाँको मात्रै होइन अधिकांश किसानले यस्तै समस्या भोग्दै आएका छन् । त्यसो त गत साता भरतपुर–२४ केरुङ ताजा तरकारी तथा फलफूल उत्पादक सहकारी संस्था लिमिटेडका सेयर सदस्य किसानबाट उत्पादित काउलीले बजार मूल्य नै नपाएपछि बारीमै ट्याक्टर लगाएर जोत्न बाध्य भएका थिए । राष्ट्रिय किसान आयोगका सदस्य सूर्यप्रसाद खनालले भारतबाट खुलेआम रूपमा ठुलो परिणाममा तरकारी भित्रिँदा नेपाली किसानले उत्पादन गरेको तरकारीले बजार नपाएर बारीमा पुर्नुपर्ने अवस्था आएको बताउनुभयो । भारतको तरकारीको लागत कम हुने र स्थानीय तरकारीको लागत बढी हुँदा भारतीय तरकारीसँग प्रतिस्पर्धा गर्न नसक्दा नेपाली कृषक मर्कामा परेको उहाँको बताउनुभयो ।

    भारतबाट धेरै तरकारी आएकै कारणले किसान मर्कामा परेको बताउँदै उहाँले भन्नुभयो, “यो समस्या हरेक वर्षको तरकारी सिजनमा हुन्छ, यसको दीर्घकालीन समाधान खोज्नु पर्छ तर सरकार किसानको पक्षमा देखिँदैन ।” कडा मेहनत र लगानीले उत्पादन गरेका तरकारी बजारमा पुर्‍याउनुको सट्टा बारीमै पुर्नुपर्ने कारुणिक अवस्थाको अन्त्य गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो । सरकारी निकायबाट किसानका समस्याप्रति गम्भीर भई समाधान दिनेभन्दा पनि आलटाल गरेर पन्छिने प्रवृत्तिले गर्दा नेपाली किसान कहिल्यै माथि उठ्न नसकेको उहाँको आरोप छ । देशकै ठुला तरकारी बजारमा भित्रिएको तरकारीमध्ये ४५ प्रतिशत बजार मागको हिस्सा भारतीय तरकारीले ओगटेको छ । नेपालमा उत्पादन भएको तरकारीको हिस्सा ५५ प्रतिशत छ ।

    कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार भारतबाट आउने तरकारीमध्ये ठुलो परिणाम आलु र प्याज छ । पछिल्लो पटक कन्दमूल (तरुल, सखरखण्ड, पिँडालु) समेत भारतबाट आएको छ । अघिल्ला वर्षमा यस्ता कन्दमूल असाध्यै कम आउने गरेकामा यस पटक यी वस्तुको आयात बढेको कालीमाटीका थोक व्यापारीहरू बताउँछन् । समितिका प्रवक्ता विनय श्रेष्ठले कालीमाटीमा हरिया तरकारीभन्दा पनि आलु, प्याज र कागती बढी आउने गरेको जानकारी दिनुभयो । पछिल्लो पटक भारतबाट हरिया तरकारीमा हरियो फर्सी, घिउसिमी, हरियो केराउ, गाजर, भिन्डी, ठुलो गोलभेँडा आएको तर यसको परिणाम असाध्यै थोरै भएको उहाँको भनाइ छ । समितिका अनुसार भारतबाट भित्रिएको आलुले अहिले बजारको मागको ६० प्रतिशत हिस्सा ओगटेको छ भने प्याज त लगभग ९९ प्रतिशत नै भारतकै भर पर्नु पर्छ । यो खबर गोरखापत्रमा छ ।

    बुधबार, माघ ३०, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    आठबिसकोट नगर अस्पतालका ३६ कर्मचारीको सामूहिक राजीनामा
    किर्तिपुरको विकासलाई तीव्रता दिन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ
    आठबिसकोट नगर अस्पतालमा करार कर्मचारी द्वारा सेवा ठप्प
    विष्णु पौडेल पक्राउ प्रकरण : देशमा अब आगो बाल्ने महेशको चेतावनी
    समान तलब नभएको भन्दै आठबिसकोट नगर अस्पतालका करार कर्मचारी असन्तुष्ट
    कानून विपरित सन्चालित क्रसर उद्योगमा आठबिसकोटको ताला

    लोकप्रिय

    • १.
      आठबिसकोट नगर अस्पतालका ३६ कर्मचारीको सामूहिक राजीनामा

    • २.
      आठबिसकोट नगर अस्पतालमा करार कर्मचारी द्वारा सेवा ठप्प

    • ३.
      समान तलब नभएको भन्दै आठबिसकोट नगर अस्पतालका करार कर्मचारी असन्तुष्ट

    • ४.
      रुकुम पश्चिमको मुसिकोट स्थित मुग्लुखोलामा माछामार्ने क्रममा युवकको मृत्यू

    • ५.
      किर्तिपुरको विकासलाई तीव्रता दिन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ

    • ६.
      विष्णु पौडेल पक्राउ प्रकरण : देशमा अब आगो बाल्ने महेशको चेतावनी

    भर्खरै

    • १.
      आठबिसकोटले ल्यायो ७१ करोडको बजेट

    • २.
      आठबिसकोट नगर अस्पतालका ३६ कर्मचारीको सामूहिक राजीनामा

    • ३.
      किर्तिपुरको विकासलाई तीव्रता दिन प्रदेश सरकार प्रतिबद्ध : मुख्यमन्त्री बानियाँ

    • ४.
      सुनचाँदीको मूल्यमा निरन्तर गिरावट,आज पनि घट्यो

    • ५.
      रोनाल्डोको शानदार कमब्याक : उज्वेकिस्तान विरुद्ध ५-० ले बिजयी

    • ६.
      आज घट्यो सुनको मुल्य

    • ७.
      आठबिसकोट नगर अस्पतालमा करार कर्मचारी द्वारा सेवा ठप्प

    • ८.
      विष्णु पौडेल पक्राउ प्रकरण : देशमा अब आगो बाल्ने महेशको चेतावनी

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.