आठबिसकोट नगरपालिकामा लेखा शाखामा तोडफोड गरिएको छ । सेवाग्राहीले सडक मर्मतसम्भार बापतको रकमभुक्तानीमा ढिलाई गरिएको भन्दै तोडफोड गरेका हुन ।
सोही बिषयमा आठबिसकोट नगरपालिकाका कर्मचारीहरूले आफुहरू कार्यालयमा असुरक्षित रहेको र काम गर्ने बाताबरण नभएको भन्दै कार्यालयबाट दिईने अत्यावश्यक बाहेकका सेवाहरू बन्द गरेका छन् ।
नगरपालिकाका नगर उपप्रमुख तथा अनुगमन समितिका संयोजक ज्यूले अनुगमन प्रतिवेदनमा गरेको टिप्पणीको विषयलाई लिएर यस आठविसकोट नगरपालिका नगर कार्यपालिकाको आर्थिक प्रशासन शाखामा केही जनप्रतिनिधि तथा निर्माण व्यवसायी/उपभोक्ता समितिका प्रतिनिधिहरु प्रवेश गरी अभद्र व्यवहार तथा गालिगलौज गरी शाखामा रहेका सामग्रीहरुको तोडफोडबाट अभिलेख/श्रेस्ता/कागजातमा क्षति भएको घटनाप्रति गम्भिर ध्यानाकर्षण भएको छ , पालिकाका कर्मचारीहरूले प्रकाशित गरेको बिज्ञप्तीमा भनिएको छ । स्रोतका अनुसार प्रेम बहादुर थापाले मुक्का हान्दा दराजको शिसा फुटेको बताएको छ । 