काठमाडौं । स्कुलका विद्यार्थी बोकेको बस काठमाडौंको दक्षिणकालीमा दुर्घटना भएको छ । दक्षिणकाली नगरपालिका-४ मा विद्यार्थी बोकेको बस दुर्घटना हुँदा घाइते भएकामध्ये २ जनाको उपचारको क्रममा मृत्यु भएको हो ।
Advertisement
मृत्यु हुनेमा स्कुल बसका चालक दक्षिणकाली नगरपालिका-४ घर भएका ३५ वर्षीय रामकृष्ण थापा मगर र सोही ठाउँका ८ वर्षीय बालक विपिन श्रेष्ठ रहेका छन् । जुनकिरी स्कुलका विद्यार्थी बोकेको बा१क ५६६४ नम्बरको आइतबार साढे ३ बजे सडकबाट १०० मिटर तल खस्दा ४१ जना विद्यार्थी घाइते भएका छन् । उनीहरूको काठमाडौंका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ ।