आठबिसकोट । रुकुम पश्चिम को आठबिसकोटमा चुल्होमा परेर जलेका एक नाबालकको मृत्यु भएको छ । नगरपालिकाको १३ नम्वर वडा स्थित पाखापानीकी बिमला सिङका ६ महिनाको छोरा बिन्दास पुन मगरको उपचारको क्रममा मृत्यु भएको हो ।
Advertisement
वडाअध्यक्ष टेक बहादुर थापाका अनुसार आइतवार आज बिहान घरमा कोहि नभएको बेला चुल्होमा परेर पोलिएका थिए । उनलाई उपचारका लागी चौरजहारी अस्पताल ल्याइएको थियो । नाबालकको उपचारका क्रममा अस्पतालमै मृत्यु भएको बताए । आमा भान्सा बाहिर निस्केको बेला नाबालक आफ्नै घरको चुल्होमा परेर घाइते भएका थिए ।