रुकुमपश्चिम । जिल्लाको त्रिवेणी गाउँपालिका खारामा रहेको नेपाली सेनाको ब्यारेज नजिकै बम फेला परेको छ। गाउँपालिकाको वडा नम्वर – ६ स्थित बित्तास्थित लालीगुराँस सामुदायिक वन क्षेत्रमा आइतबार बिहान बम फेला परेको हो।
Advertisement
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक ऋषि पाठक का अनुसार जंगलमा बम भेटिएको र प्रहरी चौकी झुन्नेटा र चण्डीदल गण सुरक्षा पोष्ट खाराबाट सुरक्षाकर्मीको टोली घटनास्थल सुरक्षित गरेर बम डिस्फोजल गरिएको जानकारी दिए। सो क्षेत्र मा युद्ध स्थल भएकाले द्वन्द्व कालमा बम छोडिएको हुनसक्ने बताईएको छ ।