काठमाडौं । नेपाली बजारमा आज सुनको मुल्य बढेको छ्। शुक्रबार घटेको सुनको मूल्य आज प्रतितोला एकसय रुपैयाँ बढेको हो।
Advertisement
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य एक लाख ६८ हजार दुईसय रुपैयाँ कायम भएको छ। गत साताका तीन दिनमा पाँच हजार सातसय रुपैयाँ बढेको सुनको मूल्यमा शुक्रबार प्रतितोला चारसय रुपैयाँ घटेको थियो ।
त्यस्तै चाँदीको मूल्य आज प्रतितोला १५ रुपैयाँ घटेको छ। आज चाँदी प्रतितोला एक हजार नौसय ६० रुपैयाँमा किनबेच भइरहेको छ।