काठमाडौं । काठमाडौं को वीर अस्पताल स्थित अपरेशन थिएटरबाहिर एक जना स्वास्थ्यकर्मी माथि कुटपिट भएको छ । अप्रेशन कक्षमा शुक्रवार स्वास्थ्यकर्मी माथि आक्रमण भएको अस्पतालका निर्देशक डा सन्तोष पौडेल ले जानकारी दिए।
Advertisement
अस्पतालका अनुसार शल्यक्रियाको ड्युटीमा रहेका बेला ग्यास्ट्रो सर्जन डा शरद पोख्रेल र सानुमाया मगरलगायत स्वास्थ्यकर्मीमाथि हातपात भएको हो। उनीहरु माथि आक्रमण गर्ने रामेछापको गोकुलगंगा गाउँपालिका-६ का २१ वर्षीय रामचन्द्र खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।