दाङ । रोल्पामा शुक्रवार दिउँसो बोलेरो गाडी दुर्घटना हुँदा घटना स्थलमै एक जनाको मृत्यु भएको छ । जिल्लाको माडी गाउँपालिका देखि दाङ तर्फ आउँदै गरेको लु १ च ९४०६ नम्बरको बोलेरो गाडी त्रिवेणी गाउँपालिका ७ नन्दिखोला नजिकै दुर्घटना हुँदा गाडीमा सवार पाँच जना मध्ये एकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
Advertisement
प्रहरीका अनुसार दुर्घटनामा परेर मृत्यु हुनेमा गंगादेव गाउँपालिका २ घोरनेटा की सीता खड्का रहेकी छिन् । उनका दुई वटा बच्चा पनी सोही गाडी दुर्घटनामा घाइते भएका छन्। भने चालक सहित एकजना सकुसल रहेको जनाईएको छ । सो गाडि चालक र एक अर्का व्यक्ति फरार रहेको बताईएको छ ।