नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा वली र नेपाली कांग्रेसका सभापति तथा पुर्व प्रधानमन्त्री शेर बहादुर देउवा छुट्टाछुट्टै कार्यक्रमलाई सम्बोधन गर्न दाङ आउने भएका छन् ।
प्रधानमन्त्री वली फागुन ५ गते दाङमा हुने जनसभालाई सम्बोधन गर्न दाङ आउने भएका हुन भने नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवा दाङको दंगीशरण गाउँपालिकामा हुने दुईदिने रैथाने खाना महोत्सवलाई सम्बोधन गर्न माघ २६ गते आउन लागेका हुन ।
दुईदिन सम्म चल्ने महोत्सव मटावाँ, बरघर, भलमन्सा महासंघको आयोजना गरेको छ भने दंगीशरण गाउँपालिका वडा नं. ३ स्थित चखौरामा रहेको थारु सांस्कृतिक संग्रहालयमा माघ २६ र २७ गते दुईदिने अन्तर प्रदेशस्तरीय सांस्कृतिक तथा रैथाने खाना महोत्सव लाग्ने छ ।