आठबिसकोट । एउटा मात्रै बैँक हुँदा सास्ती खेप्दै आएका रुकुम पश्चिमको आठबिसकोटका सेवाग्राहीहरु लाई एनएमवि बैंकको नयाँ शाखा कागलाई बेल पाक्यो हर्ष न विस्मात जस्तै भएको छ । बैंङ्किङ कारोबारका लागी दिनभर पालो कुर्नुपर्ने र बेलुका रित्तो हात घर फर्कनुपर्ने बाध्यता कायमै रहेको सेवाग्राहीहरु बताउँछन्।
आठबिसकोटमा एउटा मात्रै प्रभु बैंक हुँदा नगरबासी सास्ति खेप्दै आएपछी नगरपालिकाले लामो प्रयासपछी आठबिसकोटमा एनएमवी बैंकको शाखा विस्तार भयो । तर उक्त बैंकमा कारोबार गर्नेहरुको सङ्ख्या न्युन छ । कतिपयलाई त आठबिसकोटमा नयाँ बैंक आएको समेत थाहै छैन्। ग्राहकहरु पुरानै बैंकमा जान थालेपछी उता एनएमवी बैँक सुनशान रहेको स्थानीयले जानकारी दिए । नयां बैँकमा खाता खोलेर झन्झट गर्नुभन्दा पुरानै बैँकमा लाईनमा बसेर कारोबार गर्न ग्राहकहरु रुचाएका छन्। वडा नम्वर -९ का वडाध्यक्ष जनक बहादुर बटालाले भने, नयाँ खाता खोलेर कारोबार गर्न मुख्य समस्या भनेको राष्ट्रीय परिचय पत्र हो । त्यसकारणले पनी नयाँ बैंकमा सेवाग्राहीको आकर्षण छैन्।
प्रभु बैंकमा भिडभाड बढी रहँदा उता एनएमबी बैंकमा भने सुनसान देखिन्छ । सरकारले बैंक खाता खोल्नका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछी सर्वसाधारण लाई थप झन्झटिलो बनेको छ । गाउँघरमा अधिकांश मानिसको राष्ट्रिय परिचयपत्र नहुँदा नयाँ बैँकमा खाता सञ्चालन गर्न समस्या देखिएको सरोकारवालाको भनाई छ ।