काठमाडौं । आफ्नै दाजुको हत्या गरेको आरोपमा सप्तरीमा २० वर्ष पछि भाइ पक्राउ पक्राउ परेका छन् ।२० वर्षअघि दाजुको हत्या गरेको आरोपमा सप्तहरीको महादेवा गाउँपालिका ३ का उमेश रजक पक्राउ परेका हुन ।
Advertisement
२०६१ साल माघ १ गते उमेश र उनका दाजु गणेशीबीच कुटपिट भएको थियो । कुटपिटबाट गम्भीर घाइते भएका गणेशीको उपचारका क्रममा मृत्यु भएको थियो ।
मङ्गलबार पक्राउ परेका उमेशलाई सप्तरी जिल्ला अदालतबाट ७ दिनको म्याद थप गराई अनुसन्धान शुरु गरेको छ ।