• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, बैशाख २०, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

आज तराई र पहाडमा मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

सल्यान प्रहरी कार्यालयको कम्पाउन्डभित्र ८६ वटा बम फेला

सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

रोल्पा जीप दुर्घटना :एकै परिवार ९ जनाको एउटै चिहान

सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

आज यी ठाउँमा हुने छ भारी वर्षा सहितको हावाहुरी

जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

आज फेरी बढ्यो सुनको मूल्य

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

  • २. आठबिसकोटमा जीप दुर्घटना

  • ३. एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

  • ४. रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

  • ५. आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

  • ६. अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

  • ७. सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

  • ८. आज देखी नयाँ शैक्षिक सत्र सुरु

  • ९. हिंसापीडित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाज द्वारा बालबालिकालाई निःशुल्क शैक्षिक सामग्री वितरण

  • १०. आठबिसकोटमा पुनर्निर्माणको पहिलो किस्ता माग, तत्काल काम अगाडी बढाउन ध्यानआकर्षण

१५ महिनाअघिको जाजरकोट भूकम्पको विस्तृत क्षति मूल्यांकन प्रक्रिया बल्ल सुरु


  •   मङ्गलबार, माघ २२, २०८१ मा प्रकाशित
  • डेढ सयभन्दा बढीको ज्यान लिने गरी १७ कात्तिक, ०८० मा जाजरकोट भूकम्पले १२ जिल्लाका करिब ९२ हजार घरमा क्षति गरेको प्रारम्भिक आकलन थियो, तर सरकारले वास्तविक र विस्तृत मूल्यांकन नगरेका कारण पीडित १५ महिनादेखि राहत र पुनर्निर्माणको पर्खाइमा
    १५ महिनाअघि (कात्तिक, ०८०) जाजरकोट केन्द्रविन्दु भएर गएको भूकम्पपछिको पुनर्निर्माणका लागि विस्तृत क्षति मूल्यांकन (डिडिए)को प्रक्रिया बल्ल अगाडि बढेको छ ।

    Advertisement

    निजी आवास पुनर्निर्माणको जिम्मा पाएको राष्ट्रिय विपत् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले डिडिएका लागि त्रिविवि, इन्जिनियरिङ अध्ययन संस्थानको विपत् व्यवस्थापन केन्द्रसँग सम्झौता गरेको छ । त्यसबाहेक विभिन्न दातृ निकायले पनि डिडिएका लागि प्रतिबद्धता जनाएका छन् । प्राधिकरणका कार्यकारी प्रमुख डा. भीष्मराज भुसालका अनुसार चालू आवभित्रै पुनर्निर्माण थाल्ने गरी केही दिनमै डिडिएको काम सुरु हुनेछ ।

    जाजरकोट भूकम्पमा मात्र १२ जिल्लामा ९१ हजार आठ सय ६२ घर पुनर्निर्माण–प्रबलीकरण गर्नुपर्ने प्रारम्भिक आँकडा रहे पनि विस्तृत मूल्यांकन अब हुन लागेको हो । साझेदार निकायसँग सहकार्यबाहेक प्राधिकरण आफैँले पनि विस्तृत क्षति मूल्यांकन गर्ने भएको छ ।

    प्राधिकरणका सहसचिव इन्जिनियर अर्जुन बमका अनुसार डिडिएका लागि सहरी विकास मन्त्रालयसँग एक सय इन्जिनियर माग गरिएको छ ।  निजी आवास पुनर्निर्माणका लागि तराईमा तीन, पहाडमा चार र हिमालमा पाँच लाख रुपैयाँ तीन किस्तामा उपलब्ध गराउने र प्रबलीकरणका लागि ५० हजारदेखि एक लाखसम्म अनुदान दिने निर्णय सरकारले गरिसकेको छ ।

    दातृ निकायले पनि जनाए डिडिएमा प्रतिबद्धता
पुनर्निर्माणका लागि विस्तृत क्षति मूल्यांकन गर्न दातृ निकायले पनि प्रतिबद्धता जनाएका छन् । विपत् व्यवस्थापन प्राधिकरणका सहसचिव अर्जुन बमका अनुसार जाजरकोट र रुकुम पश्चिममा २६ हजार तीन सय ४१ घरको डिडिएका लागि सहमति भएको छ ।

    क्याथोलिक रिलिफ सर्भिसेजले रुकुम पश्चिममा तथा युएनडिपी, केयर नेपाल, सेभ द चिल्ड्रेन र पिपुल इन नेपालले जाजरकोटमा डिडिए गर्ने प्रतिबद्धता जनाएका छन् । त्यसबाहेक प्लान इन्टरनेसनल, डेन चर्चएड, आइओएम र सामुदायिक आत्मर्निभर सेवा केन्द्रले पनि ती दुई जिल्लाका पालिकामा डिडिएका लागि सघाउने प्रतिबद्धता जनाएका छन् ।  
    विपत् व्यवस्थापन केन्द्रले भेरी र नलगाडमा डिडिए गर्ने
विपत् व्यवस्थापन केन्द्रले जाजरकोटको भेरी र नलगाड नगरपालिकाका आठवटा वडामा विस्तृत क्षति मूल्यांकन (डिडिए) गर्ने भएको छ । भेरी–१ का आठ सय नौ घर, ३ नम्बर वडाका चार सय ९५ घर, ४ नम्बर वडाका पाँच सय २८ घर, ८ नम्बर वडाका एक सय ८१ घर र ११ नम्बर वडाका पाँच सय ५६ घरको डिडिए गरेर सामान्य मर्मत, प्रबलीकरण वा पुनर्निर्माणबारे टुंगो लगाइनेछ । त्यस्तै, नलगाड–१ का नौ सय १६ घर, २ नम्बर वडाका ९७ घर र ३ नम्बर वडाका सात सय १४ घरको डिडिए पनि केन्द्रले गर्नेछ । अस्थायी आवासका लागि पहिलो किस्ताको अनुदान निकासा भएका आधारमा लाभग्राही संख्या निकालिएको हो । यो खबर आजको नयाँ पत्रीकामा छ ।

    मङ्गलबार, माघ २२, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा
    आज तराई र पहाडमा मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना
    सल्यान प्रहरी कार्यालयको कम्पाउन्डभित्र ८६ वटा बम फेला
    सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग
    रोल्पा जीप दुर्घटना :एकै परिवार ९ जनाको एउटै चिहान
    सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

    लोकप्रिय

    • १.
      आठबिसकोटमा जीप दुर्घटना हुँदा बालक सहित १३ जना घाइते

    • २.
      आठबिसकोटमा जीप दुर्घटना

    • ३.
      एसईई नतिजाको तयारी अन्तिम चरणमा, प्रकाशन बारे बोर्डले यस्तो भन्यो

    • ४.
      रोल्पा जीप दुर्घटना १ जना हामफालेर बाँचे २० जनाको मृत्यु

    • ५.
      आठबिसकोटमा कर्णाली गार्मेन्ट उद्योग सञ्चालन

    • ६.
      अभिभावकको रोजाइमा परेका सामुदायिक विद्यालय निशुल्क शिक्षामा उत्कृष्ट नतिजा

    भर्खरै

    • १.
      नक्सापासबिनै रास्वपा सांसद केपी खनालको तीनतले घर, जग्गाको पनि छैन पूर्जा

    • २.
      आज तराई र पहाडमा मध्यम वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना

    • ३.
      सल्यान प्रहरी कार्यालयको कम्पाउन्डभित्र ८६ वटा बम फेला

    • ४.
      सुकुम्बासी प्रकरण : आत्महत्या दुरुत्साहनको आरोपमा प्रधानमन्त्रीलाई कारबाही गर्न माग

    • ५.
      रोल्पा जीप दुर्घटना :एकै परिवार ९ जनाको एउटै चिहान

    • ६.
      सुकुम्वासी बस्तीमा सरकाले संविधान विपरित काम गरेर आत्महत्या गर्न बाध्य बनायो – सांसद शर्मा

    • ७.
      आज यी ठाउँमा हुने छ भारी वर्षा सहितको हावाहुरी

    • ८.
      जलजला जीप दुर्घटना : मृतक २० जनाकै पहिचान खुल्यो

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.