आठबिसकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिकाले वजार अनुगमन गरेको छ । चौरजहारी नगरपालिका भित्र सञ्चालनमा रहेका १०७ वटा पसलहरु अनुगमन गरेको नगरपालिकाले जनाएको छ । अनुगमनका क्रममा झण्डै ४४ वटा व्यवसाय दर्ता नगरी सञ्चालन गरिएको र २८ वटा नविकरण नगरेको पाईएको छ ।
Advertisement
चौरजहारी नगर प्रहरीका अनुसार दर्ता नगरी सञ्चालनमा ल्याएका व्यवसाय तत्काल दर्ता गर्ने र नविकरण नभएका व्यवसायलाई पनि नविकरण गर्न सुझाव दिईएको छ । पुन दर्ता तथा नविकरण नगरी व्यवसाय सञ्चालनमा ल्याएको पाइएमा कानुन बमोजिम कारबाही गरिने नगर प्रहरीले जनाएको छ ।