आठबिसकोट । जाजरकोटको नलगाड नगरपालिका ४ स्थित भानुभक्त माध्यमिक विद्यालयमा आयोजित छैटौँ नगरकपमा विरेन्द्र हिमालय मावि तल्लुले जितेको छ । माघ १६ गतेदेखि २० गतेसम्म चलेको कपको खेलकुद प्रतियोगिता मा १० स्वर्ण पदक ६ रजत पदक र ५ कास्य पदक सहित विरेन्द्र माविले कप हात पारेको हो ।
Advertisement
नलगाडका १० सामुदायिक विद्यालय बाट ४०० चार सय जना विद्यार्थी खेलकुदमा सहभागी भएका थिए । त्यस्तै जुनि बाल संरक्षण सिर्के ५ स्वर्ण पदक सहित उपविजेता बनेको छ । भने ४ स्वर्ण पदक सहित त्रीभुवन मावि दल्लि तेस्रो बनेको छ ।