लघुबित्तीय बिरूद्वको संघर्ष समितिले आगामी चैत ५ गते काठमाडौंमा एक लाख पीडित उतार्ने भएको छ सोही दिन देखि काठमाडौं केन्द्रित लघुबित्ती बिरूद्व संघर्ष हुने छ । बिहीबार घोराहीमा लुम्बिनी स्तरीय कमाण्ड र्यालीलाई सम्बोधन गर्दै संघर्ष समितिका केन्द्रीय अध्यक्ष मणिराम ज्ञवालीले यस्तो बताएका हुन ।
लघुबित्तीय संघर्ष समिति र सरकार पक्ष सहित स्थलगत अनुगमन गरि लेखिएको प्रतिबेदन सार्वजनिक गरिनु पर्ने, बित्तीय ऐन बिपरित लघुबित्तीय संस्थाले उठाएको रकमको हिसाब गरि पीडितको ऋण मिनाहा गरिनु पर्ने लगाएका माग राख्दै समितिले काठमाडौं केन्द्रीत संघर्ष गर्ने भएको हो ।
मुलुकी ऐनले दश प्रतिशतका कुरा गर्ने, बित्तिय ऐनलाई स्वतन्त्र छोडिदिएर राष्ट्र बैंकमा अन्तरास्ट्रिय माफिया घुसाएर जनतालाई लुटको धन्दा बनाउने यो लुटको धन्दा बन्द गर लघुबित्तीय असफल भैसके खारेज गर पीडित जनतालाई न्याय देउ कार्यक्रममा संघर्ष समितिका केन्द्रीय अध्यक्ष मणिराम ज्ञवालीको भनाई थियो ।
कार्यक्रममा विभिन्न राजनैतिक दलबाट प्रतिनिधित्व गर्दै संघर्षमा ऐक्यबद्धता जनाएका थिए भने कार्यक्रम प्रमुख अतिथी संघर्ष समितिका केन्द्रीय अध्यक्ष ज्ञवालीको रहेको थियो । नेकपा एमालेका दाङ जिल्ला उपाध्यक्ष मनोहर बुढाथोकी , नेकपा माओवादी केन्द्रका जिल्ला सचिब विश्व आचार्य ,नेकपाका केन्द्रीय सदस्य पाटन सी लगाएले आफ्नो भनाई राख्दै ऐक्यबद्धता जनाएका थिए ।
कार्यक्रमको अध्यक्षता रमेश सेन्चुरीको रहेको थियो भने सहजिकरण शिव परियारले गरेका थिए ।
२०७८ माघबाट सुरू गरिएको लघुबित्तीय बिरूद्वको आन्दोलन तीन बर्ष पूरा भए चौथो बर्षमा प्रबेश गरेको छ ।