रुकुम पश्चिम । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियु अखिल क्रान्तिकारी को केन्द्रीय सचिवमा रुकुम पश्चिमकी समकृति पुन निर्वाचित भएकी छन्। ५२९ मत ल्याएर पुन विजयी भएकी हुन्।
यस्तै खुला सचिवमा प्रेम जैशी ५११, वीरेन्द्र जिसी ३९२, शिशिर बस्याल ३७२ र सम्झना राई ५४५ मत ल्याएर विजयी भएका छन् भने छात्रातर्फ तिर्सना आलेमगर ४९८, समकृति पुन ५२९ मत ल्याएर विजयी भएका हुन्। कोषाध्यक्षमा फुलमाया रानामगर खुशी विजयी भएकी छिन् । अन्य पदको गणना जारी रहेको छ ।