आठबिसकोट । रुकुम पश्चिमको आठविसकोट नगरपालिका ९ स्थित नगर अस्पतालमा रहेका बिरामीहरूलाई फलफूल वितरण गरिएको छ। आज प्रेस सेन्टर नेपालको २१ औं स्थापना दिवसको अवसरमा फलफूल वितरण गरिएको हो ।
प्रेस सेन्टर नेपाल आठविसकोट नगर समितिको आयोजनामा उक्त फलफूल वितरण कार्यक्रम गरिएको आठविसकोट नगर समिति अध्यक्ष प्रेम कुसारीले जानकारी दिनुभयो । बिरामीहरूलाई स्वास्थ्य लाभको कामना सहित फलफूल वितरण गरिएको कुसारीले बताउनुभयो । प्रेस सेन्टर नेपाल कर्णाली प्रदेश समितिका सदस्य अर्जुनले बिष्टले सम्पूर्ण देशभक्त र प्रगतिशील श्रमजीवी पत्रकारहरुलाई संगठित र जनपक्षीय पत्रकारितालाई मुल मुद्धाका रुपमा रहेको बताए । जनयुद्ध सँगै अखिल नेपाल क्रान्तिकारी पत्रकार संघ, क्रान्तिकारी पत्रकार संघ र महासंघको निरन्तरतामै प्रेस सेन्टर नेपाल भएको बिष्टले जानकारी दिए ।
फलफूल वितरण कार्यक्रममा नेकपा माओवादी केन्द्र आठविसकोट नगर समिति अध्यक्ष मणिराज बटाला, प्रेस सेन्टर कर्णाली प्रदेश समिति सदस्य अर्जुन बिष्ट, अस्पताल व्यवस्थापन समिति उपाध्यक्ष टीकाराम सुनार, आठविसकोट स्वास्थ्य शाखा प्रमुख प्रेम प्रकाश रोकाय र सहायक चंखलाल पुन, वडा अध्यक्षहरू अमृत बुढा , नरसिङ बिष्ट र खगेन्द्र बिक लगाएतको उपस्थिति रहेको थियो।