• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • श्रम बैदेशिक रोजगार
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
सोमबार, माघ ०५, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • श्रम बैदेशिक रोजगार
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित)

देउवाका विश्वासका पात्र मीन विश्वकर्मा गगन फकाउँदै भन्छन् अब हामी मिलौँ

दाङ-२ मा युुवा नेता दुर्लभ केसी प्रतिनिधि सभा निर्वाचनमा भिड्दै

धरानमा भयानक बस दुर्घटना ५ जनाको मृत्यु १३ जना घाइते

जाजरकोटमा फेरी पनि शक्ति बस्नेतलाई टिकट दिएपछि पूर्वमन्त्री सिंहले छोडे नेपाली कम्युनिष्ट पार्टी

बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी

एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार

बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प

नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

लोकप्रिय समाचार

  • १. जाजरकोटमा फेरी पनि शक्ति बस्नेतलाई टिकट दिएपछि पूर्वमन्त्री सिंहले छोडे नेपाली कम्युनिष्ट पार्टी

  • २. विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

  • ३. कठोर उपमेयर धन कुमारी शाही

  • ४. रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

  • ५. रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

  • ६. के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

  • ७. आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

  • ८. आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु

  • ९. बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी

  • १०. नेपाली काँग्रेसको सभापतिमा गगन थापा निर्विरोध

चौरजहारी अस्पतालमा बालबालिकाको उपचार निःशुल्क


  •   शुक्रबार, माघ ११, २०८१ मा प्रकाशित
  • रुकुमपश्चिम । रुकुमपश्चिमको चौरजहारी अस्पतालमा बालबालिकाको उपचार निःशुल्क हुने गरेको छ । अस्पतालले विगतदेखि नै अस्पतालमा भर्ना भएर उपचार गराइरहेका पाँच वर्षमुनिका बालबालिका र ‘साथी सेवा’ मार्फत १६ वर्षमुनिका बालबालिकाको निःशुल्क उपचार गर्ने गरेको छ ।

    Advertisement

    अस्पताल प्रशासक डिलबहादुर गिरीका अनुसार पाँच वर्षमुनिका बालबालिका अस्पताल भर्ना भएपछि लाग्ने सम्पूर्ण औषधी उपचार खर्चका साथै कुरुवासमेतको खाना र बस्ने व्यवस्था अस्पतालले गर्ने गरेको छ । यस कामबापत वार्षिक करिब ९० लाख रुपियाँ खर्च हुने गरेको छ भने दुई हजार बालबालिकाले उपचार पाउने गरेका छन् । प्रशासक गिरीका अनुसार अस्पतालमा निमोनिया, टाइफाइड, झाडापखाला, श्वासप्रश्वास, हड्डी भाँचिएकालगायतका समस्या भएका बालबालिकालाई भर्ना गरेर उपचार गर्ने गरिएको छ ।

    यसै गरी अस्पतालले विगत सात वर्षदेखि ‘साथी सेवा’ कार्यक्रमसमेत सञ्चालन गरिरहेको छ । यस कार्यक्रम अन्तर्गत १६ वर्षमुनिका मुटुका रोगी, जन्मजात अपाङ्गता भएका, जलनको समस्या भएका बालबालिकाको उपचार हुने गरेको छ । अस्पताल प्रशासक गिरीले चौरजहारीमै हुने जाँच, उपचार र थप उपचारका लागि रेफर भएमा समेत लाग्ने सम्पूर्ण खर्च बिरामीले तिर्नु पर्दैन । सबै खर्च अस्पतालले नै बेहोर्ने गरेको छ । हरेक वर्ष ४० देखि ४५ जना बालबालिकाले यस कार्यक्रममार्फत सेवा लिने गरेको अस्पतालले जनाएको छ ।

    ‘साथी सेवा’ मार्फत छोरीको उपचार गराएका चौरजहारी नगरपालिका–८, सोतीखोलाका डिल्ली शाहीले अस्पताल र उक्त कार्यक्रमले छोरीको उपचार निःशुल्क गरिदिएको बताए । उनकी नौ वर्षीय छोरी सुमिना शाहीलाई मुटुमा समस्या देखा परेको थियो । शाहीका अनुसार छोरीको मुटुमा प्वाल परेको र एउटा भल्भ सानो थियो । अस्पतालले साथी सेवामार्फत सबै उपचार गरिदिएको छ । सर्वसाधारणका लागि यो ठुलो राहत हो । उनका अनुसार करिब १० लाख रुपियाँ खर्च लाग्ने अवस्था रहेकोमा उपचारको सम्पूर्ण खर्च निःशुल्क भएको हो । शाहीले सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्रमा छोरीको अपरेसन भएको र अहिले स्वास्थ्य अवस्था राम्रो रहेको जनाए । मानव विकास तथा सामुदायिक सेवाद्वारा सञ्चालित यस अस्पतालले सुत्केरी, गरिब तथा असहायका लागि समेत निःशुल्क सेवा सञ्चालन गरिरहेको छ । यस अस्पतालबाट वार्षिक एक लाखभन्दा बढीले उपचार सेवा लिने गरेका छन् ।

    शुक्रबार, माघ ११, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित)
    देउवाका विश्वासका पात्र मीन विश्वकर्मा गगन फकाउँदै भन्छन् अब हामी मिलौँ
    दाङ-२ मा युुवा नेता दुर्लभ केसी प्रतिनिधि सभा निर्वाचनमा भिड्दै
    धरानमा भयानक बस दुर्घटना ५ जनाको मृत्यु १३ जना घाइते
    जाजरकोटमा फेरी पनि शक्ति बस्नेतलाई टिकट दिएपछि पूर्वमन्त्री सिंहले छोडे नेपाली कम्युनिष्ट पार्टी
    बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी

    लोकप्रिय

    • १.
      जाजरकोटमा फेरी पनि शक्ति बस्नेतलाई टिकट दिएपछि पूर्वमन्त्री सिंहले छोडे नेपाली कम्युनिष्ट पार्टी

    • २.
      विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

    • ३.
      कठोर उपमेयर धन कुमारी शाही

    • ४.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ५.
      रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

    • ६.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    भर्खरै

    • १.
      यस्तो छ ६३ दलका ३ हजार २१३ जनाको समानुपातिक बन्दसूची (सूचीसहित)

    • २.
      देउवाका विश्वासका पात्र मीन विश्वकर्मा गगन फकाउँदै भन्छन् अब हामी मिलौँ

    • ३.
      दाङ-२ मा युुवा नेता दुर्लभ केसी प्रतिनिधि सभा निर्वाचनमा भिड्दै

    • ४.
      धरानमा भयानक बस दुर्घटना ५ जनाको मृत्यु १३ जना घाइते

    • ५.
      जाजरकोटमा फेरी पनि शक्ति बस्नेतलाई टिकट दिएपछि पूर्वमन्त्री सिंहले छोडे नेपाली कम्युनिष्ट पार्टी

    • ६.
      बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी

    • ७.
      एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार

    • ८.
      बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.