आठबिसकोट । आठबिसकोट नगरपालिकाकी नगर उपप्रमुख धन कुमारी शाहीले भुकम्प पछी आठबिसकोटमा सघसंस्थाको महत्त्वपूर्ण योगदान रहेको बताएकी छन्। विहीवार आठबिसकोटको १४ नम्वर वडामा रहेको मावि ज्यामिरकोटमा सोसेक नेपाल द्वारा आयोजित कर्मचारी विधाई कार्यक्रममा बोल्दै शाहीले स्थानीय सरकारको सम्वनयमा संघसंस्थाले महत्त्वपूर्ण काम गरिरहेको बताईन्।
सोसेक नेपालले आयोजना गरेको ‘ बाल संरक्षण परियोजना अन्तर्गत ’ बालमैत्री परामर्श केन्द्र हस्तान्तरण कार्यक्रममा उनले समाजको सेवामा सामाजिक संघसस्थाको महत्वपूर्ण भूमिका रहेको बताईन्। शाहीले भनिन, भुकम्प पछि संघसस्थाले देखाएको सक्रियता र गरेका कामहरुले आज सबै तहका सरकारलाई एक किसिमको सिकाई भएको छ । विपदमा झन सरकार एक्लैले केही गर्न सक्ने स्थिति थिएन्। सामाजिक संघसस्थाले हालेमालो गरेर आज नागरिकको घाउमा मलम लगाउने काम भएको छ ।
“मानव सेवा र समाजसेवा गर्न सजिलो छैन, यसका लागि भित्री मनबाट नै इच्छाशक्ति हुनुपर्दछ, समाजसेवामा लाग्न ठूलो मन चाहिन्छ”, उनले भनिन, सामाजिक विसङ्गति अन्त्यका लागि संघसस्थाले राज्यलाई घच्घच्याउनुपर्ने अवस्था आएको छ । सामाजिक सेवामार्फत उत्कृष्ट कार्य गरेको भन्दै उनले सोसेक नेपाललाई धन्यवाद व्यक्त गरिन्। आठबिसकोट नगरपालिकाले उक्त सस्थामा कार्यरत ६ जना कर्मचारीलाई सम्मान गरेको थियो ।