बिद्यार्थीलाई कुटपिट गरि कानको जाली फुटाई दिने लेखापाललाई कारबाहीको माग गरीएको छ । बिहीवार नेकपा (बहुमत) निकट अखिल (क्रान्तिकारी) दाङले प्रेस बक्तव्य जारी गर्दै लमही नगरपालिका –८ सतबरिया स्थीत ग्यालेक्सी बोर्डिङका लेखापाल सुनिल चौधरीलाई कारबाहीको माग गरेको हो । दुई दिन सम्म बिद्यालयमा उपस्थीत नभएको भन्दै लेखापाल चौधरीले सोही बिद्यालयमा अध्यायनरत कक्षा ९ का निखिल खड्कालाई बिद्यालयको गेटमै कुटपिट गरी देब्रे कानको जाली फुटाई दिएका थिए ।
बालबालिकाको मनोभावना बुझि कला र ज्ञानले भरिपुर्ण बैज्ञानिक शिक्षा दिनुको सट्टा डर र त्रासको वातावरण सृजना गराउने उक्त लेखापाललाई कडा भन्दा कडा कारबाही गरी बिद्यार्थीको उपचारमा लाग्ने सम्पुर्ण खर्च लेखापाल चौधरीबाट असुलउपर गराउन हुन हाम्रो संगठ जोडदार माग गर्दछ । अन्यथा बिद्यार्थी माथि दादागिरी देखाउने जुन सुकै पात्रलाई हाम्रो संगठ कारबाही गर्न समेत पछि नहट्ने जानकारी गराउँदछौँ अध्यक्ष नरेन्द्र बिक द्धारा हस्ताक्षरित बिज्ञप्तीमा भनिएको छ ।