आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोटमा सोसेक नेपाल द्वारा सञ्चालित बाल संरक्षण परियोजना अन्तर्गत आठबिसकोट नगरपालिका-१४ मा सञ्चालित बाल मैत्री परामर्श केन्द्र हस्तान्तरण गरिएको छ । गत असार ५ गतेदेखि पुस १५ गते सम्म सञ्चालन गरिएको उक्त परामर्श केन्द्र माघ १० गते विहिवार हस्तान्तरण गरिएको हो ।
युनिसेफ नेपाल को आर्थिक सहयोग र सोसेक नेपालको बाल संरक्षण परियोजना अन्तर्गत रहेको सो परियोजनाबाट आठबिसकोट १४ का बालबालिका तथा महिलाहरु लाभान्वित भएका छन । संस्थाले विपन्न परिवारलाई बिभिन्न व्यवसाय संचालन गरि आयआर्जन गर्न सहयोग प्रदान गर्नुका साथै भूकम्प प्रभावित बालबालिकालाई समेत आर्थिक सहयोग गर्दै आएको छ । महिला र बालबालिकाको क्षेत्रमा काम गर्दै आएको सोसेक नेपालले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितहरुका लागी बिभिन्न परियोजनाहरु सञ्चालन गर्दै आएको छ ।
विहिवार आठबिसकोट-१४ स्थित जनविकास मावि ज्यामिरकोटमा आयोजित परामर्श केन्द्र कार्यक्रममा बोल्दै सोसेक नेपालका कार्यकारी निर्देशक हिरा सिङ थापाले स्थानीय सरकार र सस्थाको सम्वनयमा भुकम्पपछी बालबालिकामा परेको असर र सिकाईलाई निरन्तरता दिईएको बताए । परियोजना सञ्चालनका क्रममा नगरपालिकाले सहयोग गरेको भन्दै थापाले आगामी दिनहरुमा पनी सहकार्य र सम्वनय रहने प्रतिबद्धता व्यक्त गरे । त्यस्तै कार्यक्रममा बोल्दै आठबिसकोट नगरपालिकाका शिक्षा अधिकृत ईन्द्र बहादुर बिष्टले भुकम्प पछी विधालयमा भौतिक संरचना ध्वस्त भएपछी अस्थायी सिकाई केन्द्र मार्फत बालबालिकाको पढाईलाई निरन्तरता दिन सोसेक नेपाल लगायतका अन्य संघसस्थाले सहयोग गरेको बताए ।
परियोजना हस्तान्तरण तथा सोसेक नेपालमा कार्यरत स्थानीय कर्मचारी बिधाई कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख धन कुमारी शाहीले संस्थाले पुर्याएको योगदानको कदर गर्दै धन्यवाद व्यक्त गरेकी छन्। संघ संस्थाले विपदमा गरेको महत्वपुर्ण योगदान प्रशंसा योग्य भएको बताउँदै शाहीले भुकम्प पछी बालबालिकालाई सिकाई क्रियाकलाप तथा महिला एवम् बालबालिकामा देखिएको मानसिक समस्या लाई यो परामर्श केन्द्रले सहयोग गरेको बताईन्। कार्यक्रममा विधालय व्यवस्थापन समिति, सोसेक नेपालका कर्मचारी, विधार्थी , जनप्रतिनिधी, शिक्षक लगायतको उपस्थिति रहेको थियो ।