नेपाल कम्युनिस्ट पार्टी (बहुमत)को ९ औँ महाधिबेशनबाट केन्द्रिय सदस्यमा दाङबाट दुई जना निर्बाचित भएका छन् । गत माघ ४ गते देखि १० गते सम्म काठमाण्डौँको किर्तिपुरमा चलेको ९ औँ महाधिबेशनले दाङ जिल्ला सेक्रेटरी अमर खड्का र कार्यालय सदस्य सजकलाई केन्द्रिय सदस्यमा निर्बाचित गरेको हो ।
गत मंसिर ६ गते दाङको घोराहीमा मिटरव्याजी दम्पत्ति माधवा बस्नेत र धर्म बहादुर बस्नेतलाई दाङ पार्टीले नाक काटेर कारबाही गरेको थियो । दबै जनालाई दाङपार्टीले गरेको कामको मुल्याकङ्कन गर्दै केन्द्रिय सदस्यमा बढुवा गरेका हो ।
त्यस्तै लुम्बिनी व्युरोबाट अमर र सजक सहित ६ जना केन्द्रिय समितिमा निर्बाचित भएका छन् । निर्वाचित हुनेमा तिलक पुन , नरेन्द्र बिक , रेखा खनाल , बिनोद मरासैनी रहेका छन् । ९९ सदस्ययी केन्द्रिय कमिटी पास गरेको नेकपा (बुहमत)ले पार्टी महासचिवमा धर्मेन्द्र वास्तोलाई निर्वाचित गरेको छ ।