काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्वस्थ भएपछि भेटघाट राेकिएकाे छ । प्रधानमन्त्री ओली अस्वस्थ भएपछि बुधबारका लागि तय गरिएको अत्यावश्यक भेटघाटलगायतका कार्यक्रम रद्द गरिएको बताइएको छ ।
Advertisement
घाँटीमा समस्या आएकाले आराम गरिरहेको र आजका कुनै कार्यक्रममा सहभागी नहुने बालुवाटार स्रोतले जनाएको छ ।
एमाले अध्यक्षसमेत रहेका ओली मंगलबार बेलुका पार्टीको सचिवालय बैठकमा सहभागी भएका थिए । आज चिसोका कारण घाँटीमा समस्या आएर ओलीको स्वर भासिएको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।