सल्यानमा बुधबार बिहान फेला परेको शंकास्पद वस्तु नेपाली सेनाले निष्क्रिय पारेको छ।
त्यसपछि गएको सेनाको बम डिस्पोजल टोलीले त्यस शंकास्पद वस्तुलाई सुरक्षित रूपमा साथ निष्क्रिय पारेको प्रहरीले जानकारी दिएको छ।
आज बिहान सल्यानको कपुरकोट गाउँपालिका-४, किमिचौरस्थित गोजे सामुदायिक वनमा शंकास्पद वस्तु देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।