• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
शनिबार, फागुन २३, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

१८ वर्ष पछि विप्लवले गरे मतदान l

तनाव पछी दोलखाको मालुमा मतदान स्थगित

सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।

भक्तपुरमा कार दुर्घटना: तीनको मृत्यु दुई घाइते ।

ह्वात्तै बढ्यो सुनको मुल्य

लोकप्रिय समाचार

  • १. आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

  • २. रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

  • ३. संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा

  • ४. मध्यपूर्वमा तनावः खाली गराइयो विश्वकै अग्लो भवन बुर्ज खलिफा

  • ५. खामेनीको मृत्युपछि इरानले दियो इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने धम्की

  • ६. मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

  • ७. हवाई आक्रमणमा इरानी सेना प्रमुख र रक्षा मन्त्रीको पनि मृत्यु भएको पुष्टि

  • ८. चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

  • ९. रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

  • १०. रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

आठबिसकोटको प्रभु बैंकमा थेगिनसक्नुको भिड, सेवाग्राहीलाई सधैँ सास्ती


  •   मङ्गलबार, माघ ०८, २०८१ मा प्रकाशित
  • आठबिसकोट । रुकुम जिल्लाको आठबिसकोट नगरपालिकामा एउटै मात्र प्रभु बैंक छ । पालिकाभरी एउटै मात्र बैंक हुँदा जनताका दुख झन बढ्दै गएका छन्। बैँकमा आउने सेवाग्राहीहरूले सहज र चुस्त दुरुस्त सेवा पाउने अपेक्षा गर्छन् । तर उनीहरुलाई बैँकमा पुगेपछी एककिसिमको लडाई लड्नुपर्छ । स्थानीय सरकार सञ्चालन भएको झण्डै ८ वर्ष पुग्दा पनी बैँक क्षेत्रमा झनझन समस्या थपिदै गएका छन्। भुगोल ठुलो र रुकुम पश्चिम , जाजरकोट सम्मका सेवाग्राही उक्त बैँकमा आउने हुँदा बैंकमा भिडभाड बढेपछि सेवाग्राहीलाई सेवा लिन सकस भएको हो ।

    Advertisement

    चेक साट्ने, भौचर भर्ने, पेन्सन बुझ्ने ,खाता खोल्ने जस्ता काम काजका लागि बैंकमा पुग्ने सेवाग्राहीले सहज रुपमा सेवा पाउन नसकेको गुनासो गरेका छन् । किस्ता निकाल्न भोग्नुपरेको सास्तीले भूकम्पपीडित समेत मर्कामा परेका छन्। नगरपालिकाको वडा नम्वर १,२,३,४,५ र ६ का नागरिकहरु बैँककै कामका लागि एक हप्ताको समय छुट्याएर पालिका केन्द्र आउने गरेका छन्। समयमै बैँकमा पालो नपाउने र आउजाउ मा मात्रै दुई दिन लाग्ने हुँदा उनीहरुलाई बैङ्किङ कारोबारोमा समस्या थपिएको छ । यहाँ जिल्ला भित्रबाट मात्र होइन, अन्य जिल्लाबाट पनि सेवाग्राही आउँछन्। स्थानीय तहहरुमा कम्तिमा ३/४ वटा बैंकहरु स्थापना गर्नुपर्नेमा एउटै बैँक हुँदा सास्ती बेहोर्नु परेको छ । यहाँ भुगोल ठुलो र वस्ती धेरै टाढा भएकोले अवस्था हेरेर बैंकहरु थप्नुपर्ने देखिन्छ ।

    सामाजिक सुरक्षा भत्ता बुझ्न जेष्ठ नागरिकहरु अरुकै आवश्यक परेको बेला सेवाग्राहीहरूले रकम झिक्न नपाउँदा सास्ती खेप्नुपरेको छ । आइतवार चेक सकिएर चेक थप्न र सामाजिक सुरक्षाभत्ता लिन आएका आठबिसकोट १२ का ७५ वर्षिय रते पुन बैँकको गेटमा भेटिए । उनी बिहान १० बजे बैंकमा पुगेर आफ्नो चेक सकिएको जानकारी बैंकलाई गराउँदा बैँकले दिउँसो ३ बजे मात्रै चेक बन्छ भनेपछी उनी दिनभर चेकको बन्ने आशामा बसे तर त्यो दिन उनले चेक पाएनन्। आफ्नो सामाजिक सुरक्षाभत्ता निकालेर घर खर्च चलाउनका लागि चेक लिन आएका पुनले दिनभर कुरेर पनि चेक नपाएको गुनासो पोखे । उनले भने घरबाट बैँक पुग्न आतेजाते ६ सय रुपैयाँ लाग्छ । बासबस्नुपर्दा एक दुई हजार नै सकिन्छ । बैंकले समयमै काम नगर्दा दुख पाउनु पर्यो । उनी जस्तै हजारौंका पिडा छन्। पोषण भत्ता, भुकम्पपिडितको किस्ता र अन्य कारोबारका लागी पनी सेवाग्राहीले सास्ती खेप्दै आएका छन्।

    ग्रामीण भेकमा बैंकिङ कारोबार कम हुन्छ भनेर पनि बैंक तथा वित्तीय संस्था गाउँगाउँमा जान मान्दैनन् । जसको सास्ती स्थानीयले खेप्नु परेको देखिन्छ । दिनभर बैंकको पालो कुरेर खाता नखोली घर फर्कनुपर्ने बाध्यता उनीहरुमा छ ।

    सधैँ जसो सामाजिक सुरक्षा भत्ता लिन आउने सेवाग्राहीले सास्ती खेप्ने गरेको आठबिसकोटको प्रभु बैंकमा अहिले चाप बढेको छ । भूकम्प प्रभावितहरु खाता सञ्चालनका लागि बिहानैदेखि बेलुकासम्म बैंक अगाडि आएर बसेका हुन्छन् ।

    तर दिनभरी लाइनमा पालो कुरेर पनि काम नगरी उनीहरु घर फर्कने गरेका छन् । खाता खोल्नसमेत बैंकमा संघर्ष गर्नुपर्ने अवस्था छ । बैंकमा बढेको भीडलाई मध्यनजर गर्दै वडाहरुमा सामाजिक सुरक्षा, पोषण भत्ता र भूकम्प प्रभावितहरुका लागि खाता सञ्चालन गर्न शिविर सञ्चालन गर्नुपर्ने आवश्यकता देखिन्छ । पालिकामा एक मात्र बैंक हुदा जेष्ठ नागरिकका लागि वैंकिंक प्रणाली झन्झटिलो भएकाले पालिकाको भुगोल तथा जनसंख्या अनुसार बैंकहरु थप्नुपर्ने तर आठ वर्ष सम्म एउटै बैँक रहेको छ ।दिनहुँ बैंकमा भीड बढेपछि वृद्धवृद्धा र महिलाहरुले अरुकै सहरा लिनुपरेको गुनासो गरेका छन् ।

    देशैभरका सबै पालिकाहरुमा बैंकिङ सेवा पुर्याउने सरकारको नीति छ । मुलुकभरका पालिकामा बैंकिङ सेवा पुगे पनि प्रयाप्त संख्यामा बैंक नहुँदा स्थानीयले सास्ती खेप्नुपरेको छ ।

    मङ्गलबार, माघ ०८, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै
    रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी
    रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित
    चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने
    १८ वर्ष पछि विप्लवले गरे मतदान l
    तनाव पछी दोलखाको मालुमा मतदान स्थगित

    लोकप्रिय

    • १.
      आठबिसकोटमा एमाले परित्याग गरेर २३ जना नेकपामा प्रवेश

    • २.
      रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

    • ३.
      संसदमा पुगेर जनताका मुद्दा उठाउँछु- उम्मेदवार शर्मा

    • ४.
      मध्यपूर्वमा तनावः खाली गराइयो विश्वकै अग्लो भवन बुर्ज खलिफा

    • ५.
      खामेनीको मृत्युपछि इरानले दियो इतिहासकै सबैभन्दा ठूलो आक्रमण गर्ने धम्की

    • ६.
      मुस्ताङमा दुर्घटनामा परी निर्वाचनमा खटिएका कर्मचारीको मृत्यु

    भर्खरै

    • १.
      रुकुम पश्चिमममा अग्रता बढाउँदै गोपाल शर्मा, जनार्दन लाई २४ सय मतले पछी पार्दै

    • २.
      रुकुममा नेकपाका गोपाल शर्मा २ हजार मतले अगाडी

    • ३.
      रुकुमपूर्वमा भारी मतले प्रचण्ड निर्वाचित

    • ४.
      चितवन २ मा एमालेका अस्मिनलाई उछिनेर अघि बढे रवि लामिछाने

    • ५.
      १८ वर्ष पछि विप्लवले गरे मतदान l

    • ६.
      तनाव पछी दोलखाको मालुमा मतदान स्थगित

    • ७.
      सिरहा क्षेत्र नं. ३ : नगद सहित जसपा उम्मेदवार पक्राउ ।

    • ८.
      भक्तपुरमा कार दुर्घटना: तीनको मृत्यु दुई घाइते ।

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.