काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा वडाअध्यक्ष र नगर प्रमुख विच जुहारी चलेको छ ।।वडा अध्यक्षले सामाजिक सञ्जालमा फोहरमैला व्यवस्थापन को विषयलाई लिएर वडा नम्वर-५ का अध्यक्ष शम्भु प्रसाद फुयाल ले फोहोर बाट उठेको रकम हिनामिना भएको विषय उठाएपछी नगर प्रमुख कृष्णहरि महर्जन ले उनलाई तीन दिनभित्र स्पष्टिकरण दिन पत्र काटेका थिए ।त्यही फोहोरकै विषयलाई लिएर नगरप्रमुख र वडाअध्यक्ष विच विवाद भएको छ ।
सामाजिक सञ्जालमा आफ्नै नगरपालिकाको बदनाम हुनेगरी स्टाटस लेखेको भन्दै वडाअध्यक्षलाई स्पष्टिकरण सोधेपछी नगर प्रमुख महर्जनसँग विवाद भएको हो । वडाध्यक्ष फुयालले तारकेश्वरबासीले फोहरमैलाको नाममा बुझाउने ७ करोड रुपैयाँ खोई भनेर सामाजिक सञ्जाल फेसबुकमा लेखेका थिए । उनले गत पुस २९ गते फेसबुकमा, ‘तारकेश्वर नगरपालिकामा वार्षिक रुपमा जनताले फोहरमैलाको नाममा ७ करोड बुझाउँछन् । कसलाई बुझाउँछन्, थाहा छैन । हिजोको मेयर पनि चुप, आजको पनि चुप’ भनेर लेखेका थिए ।

उक्त स्टाटस लेखेपछी नगरप्रमुखले उनलाई तीन दिन भित्र आफ्नो आईडी भए नभएको प्रमाणित गरी स्पष्टीकरण सोधेको थिए । फुयालले माघ ७ गते दुई पेजको लिखित जानकारी गराउँदै तारकेश्वरका ४१ हजार ३६२ घरधुरीबाट प्रतिघर तीन सय रुपैयाँका दरले रकम संकलन गर्दा हरेक महिना एक करोड २४ लाख आठ हजार ६ सय रुपैयाँ संकलन हुने गरेको र सो रकम कहाँ जान्छ भन्ने बारे नगरपालिकाले गुपचुप गरेको उल्लेख गरेका छन्। उनले नगरप्रमुख महर्जनलाई पालिका भित्र भएको बेतिथिको विषयमा उठेको आवाज नगरवासीको भन्दै जवाफ दिएका छन्। वडा अध्यक्ष फुयालले फोहोरको सात करोड खोई भन्दै लिखित स्पष्टिकरणमै जवाफ दिएका छन्। २०७९ सालको स्थानीय तहको निर्वाचनमा वडाअध्यक्ष र नगर प्रमुख दुबै नेपाली काँग्रेसबाट निर्वाचित भएको हुन्।