आठबिसकोट । रुकुम पश्चिमको चौरजहारी नगरपालिका –१ लामिछानेगाउँ का ३२ वर्षीय चिरन्जिवी लामिछानेको आज बिहान दुर्घटनामा परेर मृत्यु भएको छ । चौरजहारी बजारबाट घरतर्फ जाने क्रममा लामिछानेले चढेको कर्णाली प्रदेश ०३–००१ प ०४७३ नम्वरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ।
Advertisement
आज बिहान २ बजे मोटरसाईकल दुर्घटना भएको र उपचारको लागि चौरजहारी अस्पताल लिएको बेला चिकित्सकले मृत घोषणा गरेका थिए । उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले पठाईएको प्रहरीले जनाएको छ ।