दाङमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक महिला र एक पुरूष गम्भीर घाइते भएका छन् ।
Advertisement
बसको ठक्करबाट मोटरसाइकल चालक रुकुम पूर्वको भुमे गाउँपालिका–३ घर भई हाल घोराही उपमहानगरपालिका वडा नम्बर १४ मा बस्ने ४० वर्षिय जहरेलाल सुनार र मोटरसाइकलमा पछाडी सवार उनको भाउजु तुलसीपुर–४ का नरमकुमारी सुनार गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
घोराही–सडकखण्ड अन्तगर्त घोराही उपमहानगरपालिका–१० गुर्जेखोला नजिकै (आज) मंगलबार दिउँसो दुई बजे घोराहीबाट तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख ११५६ नम्बरको बसले विपरित दिशाबाट गइरहेको रा ७ प १२५२ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोटरसाईकलमा सवार दुवै जना घाईते भएका हुन । घाइते दुवै जनाको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।