सन्तोष केसी
आठबिसकोट । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिकामा जिराफ परियोजना अन्तर्गत आई. ओ. एम को पुनः निर्माण र विभिन्न बिषयमा छलफल तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्लाको त्रिवेणी गाउँपालिकाको सभाहलमा शुक्रवार भएको अन्तरक्रिया तथा छलफल कार्यक्रममा आई ओ एम ले आगामी दिनमा गरेको कामको प्रभावकारी कार्यन्वयन पुननिर्माण सम्बन्धि छलफल र अन्तरक्रिया गर्ने उदेश्यले त्रिवेणी गाउँपालिकाको सहयोगमा कार्यक्रम गरिएको बताईएको छ ।
उक्त कार्यक्रममा त्रिवेणी गाउँपालिकाकि उपाध्यक्ष राजकुमारी रेउलेलाई प्रश्नावली गराउनका साथै समुह विभाजन गरेर प्रश्नावलिको उत्तर दिएर अन्तरक्रिया गराईएको थियो । जसको समुहमा १ मा त्रिवेणी गाउँपालिका १ का वडाध्यक्ष सुन्दर ओलिलाई प्रस्तुत गर्न लगाईएको थियो भने समूह २ मा ब्यबसायि ईन्टरलक ब्लक शेरबहादुर खडकाले प्रस्तुत गर्दा समूह ३ को सुरेन्द्र खत्रीले प्रस्तुत गर्नुभएको थियो ।
त्रिवेणी गाउँपालिकाका अध्यक्ष गणेश कुमार केसि हिमालको अध्यक्षताबाट सुरु भएको कार्यक्रमको गाउँपालिकाकी उपाध्यक्ष राजकुमारी रेउलेको प्रमुख आतिथ्यता रहेको थियो ।
त्यस्तै अन्तरक्रिया कार्यक्रममा त्रिवेणी गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत यज्ञबहादुर भण्डारी , आई ओ एम का परामर्शदाता राजु कार्की ,सञ्चारकर्मी दिनेश श्रेष्ठ , कार्यपालिका सदस्यहरु ,त्रिवेणी गाउँपालिकाका १० ओटै वडाका वडाध्यक्षहरु ,विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु ,कार्यालयका विभिन्न शाखा प्रमुखज्युहरु ,सुरक्षाकर्मी ,कर्मचारी ,शिक्षक ,बुद्धिजिबि पत्रकार लगायतको उपस्तिथि रहेको कार्यक्रमको सञ्चालन त्रिबेणी गाउँपालिका विपद फोकल पर्सन खिम बहादुर ओलिले गर्नुभएको थियो ।