आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका मा वडास्तरिय बालक्लब सञ्जाल गठन गरिएको छ । आठबिसकोट ९ वडाको वडास्तरिय बालक्लब गठन गरिसकेपछि वडास्तरीय बालक्लब सञ्जाल गठन गरिएको हो ।
Advertisement
वडा अध्यक्ष जनक बहादुर बटालाको प्रमुख आतिथ्यतामा सबै टोलको संयुक्त भेलाले रिजन शर्माको अध्यक्षतामा वडास्तरीय बालक्लब सञ्जाल गठन गरेको छ । ४० सदस्यीय संजालको उपाध्यक्षमा रक्षा मल्ल, सचिवमा संगिता मल्ल रहेका छन् ।
बालक्लबलाई समाज परिवर्तनको अभियानमा सहयोगी बन्न सुझाव दिदै वडाअध्यक्ष जनक बटालाले वडाको सहकार्यमा वडास्तरीय बालक्लब सञ्जाल गठन गरिएको बताए ।