आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिका स्वास्थ्य तथा सामाजिक विकास शाखाको आयोजनामा सुक्ष्म कार्ययोजना निर्माण तथा वडा स्तरीय क्षयरोग अन्त्य समितिको समिक्षा कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार नगरपालिकाको वडा नम्वर-९ को कार्यालयमा कार्यक्रम सम्पन्न भएको हो । स्वास्थ्य शाखाका अनुसार वडामा क्षयरोग अन्त्य समितिले वार्षिक कार्ययोजना प्रस्तुत गरेको थियो ।
समिक्षा कार्यक्रममा वडामा क्षयरोगको अवस्था र नियन्त्रणका लागि भएका प्रयासहरु प्रस्तुत गरिएको थियो । क्षयरोगका बिरामीहरु पहिलेभन्दा आजभोलि उपचारको दायरामा आउन थालेको र संक्रमितको सङ्ख्या पनि घट्दै गएको बताईएको छ । क्षयरोगीहरुलाई समयमै औषधी उपलब्ध हुन नसक्नु र रोगीहरुले बीचैमा औषधी खान छोड्नुले यसको निर्मूल गर्ने प्रक्रिया जटील बनाएको वडा नम्वर-९ का अध्यक्ष जनक बहादुर बटालाले बताए । उनले भने, औषधि नियमित सेवन गरेको खण्डमा मात्र क्षयरोगको उपचार सफल भएको मानिन्छ । तर हाम्रो गाउँघरमा क्षयरोगका विरामी भएका वस्ती सम्म पुग्न र उनीहरुलाई हौसला समेत दिन सकिएको छैन्। जनचेतना फैलाएर यसको उपचार पछि नियन्त्रण मा लिन सजिलो हुने छ ।
त्यस्तै कार्यक्रममा बोल्दै आठबिसकोट नगर अस्पतालका निमित्त अस्पताल प्रमुख धनन्जय शर्माले भने, योजना तर्जुमा जनचेतनाको कमि, संक्रमित पहिचान गर्न र उपचार नगर्ने समस्या छ । उक्त समस्याको हलका लागि अस्पतालमा सुरक्षित आइसोलेसन को व्यवस्था छ । , हाम्रो पालिकामा फोक्सोमा लाग्ने क्षयरोग कम र अन्य अंगमा लाग्ने धेरै छ । भने अर्को तिर संक्रमित उपचारको दायरामा न आउने र त्यसले परिवार सँगै समुदायमा फैलने अवस्था छ यसको लागि स्वास्थ्य स्वंयम सेविका र स्वास्थ्यकर्मी लगायतले उनीहरुलाई उपचारको दायरमा ल्याउनुपर्छ । त्यसो भयो भने नियन्त्रण गर्न सजिलोछ । हामिले क्षयरोग लाई उपचारको दायरामा ल्याउने प्रमुख दायित्त्व हो । क्षयरोग नियन्त्रण र पहिचान गर्न सबैको भुमिका रहन्छ ।
कार्यक्रममा स्वास्थ्यकर्मी, स्वास्थ्य स्वंयमसेविका र वडा सचिव कुमार ओलि वडा अध्यक्ष जनक बहादुर बटाला लगायतका अन्य जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।