प्रेम कुसारी
आठबिसकोट । पश्चिममा एक व्यक्तिको काठको स्याकु ( अस्थायी काठे पुल) बाट लडेर ज्यानको गएको छ । जिल्लाको आठविसकोट नगरपालिका १२ तार्सिबाङका ५५ बर्षिया खल बहादुर बुढाको ज्यान गएको हो ।
Advertisement
आज स्यानीबार्खु गाउँबाट घर फर्किदै गर्दा आठविसकोट १२ को कालाखोलामा रहेको स्याकुबाट लडेर ज्यान गएको प्रत्यक्षदर्शि जनक विकले जानकारी दिनुभयो ।
बुढाको घटना स्थलमै ज्यान गएको विकले बताउनुभयो । कालाखोलामा झुलुङ्गे पुल नहुदा नागरिकले दुःख खेप्दै आएका छन । सधै वडामा पुलको पहल गरिदिन आग्रह गरेपनी कुनै सुनुवाई नभएको वडाबासीको गुनासो रहेको छ ।