आठबिसकोट । देशैभर सहकारी ठगिका घटना बढी रहेका बेला ग्रामीण क्षेत्रका सहकारी पनि अछुतो रहन सकेनन्। रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा रहेको आठबिसकोट वचत तथा ऋण सहकारी संस्थामा डेढ करोड बढी रकम हिनामिना भएको छ । सहकारीमा बचतकर्ताले दैनिक, मासिक रुपमा जम्मा गरेको रकम सहकारीले फिर्ता समेत गरेको छैन्। १७९ जनाले दैनिक, मासिक वचत गरेको ब्याज बाहेक ४ लाख ७८ हजार रकम तुरुन्तै फिर्ता गर्न छानबिन समितिले प्रतिवेदनमा उल्लेख गरिएको छ । आठबिसकोट नगरपालिकाले गत असोजमा देव बहादुर घर्तीको अध्यक्षतामा तीन सदस्यीय छानबिन समिति गठन गरेको थियो । उक्त समितिले आइतवार प्रतिवेदन सार्वजनिक गरेको छ । वित्तीय विश्लेषण गरी हिनामिना भएको रकम, सञ्चालक समिति र व्यवस्थापक , लेखा समिति समेतको गैरजिम्मेवारीले अपचलन भएको रकम बचतकर्ताले फिर्ता पाउन नसकेको समितिको ठहर छ।
उक्त संस्थाले बिनाधितो ऋण दिएर सावा र व्याज असुल गर्न नसक्दा करोडौँ रुपैयाँ डुबेको छानविन समितिका अध्यक्ष देव बहादुर घर्तीले जानकारी दिए । उनका अनुसार बिना धितो लाखौं ऋण दिएको तर ऋण असुल गर्न नसकेको , सहकारी अनियमित रुपमा सञ्चालन भएको र सञ्चाल, व्यवस्थापन र लेखा समिति को गैरजिम्मेवार भएर कर्तव्य पुरा नगर्दा सहकारी समस्याग्रस्त भएको बताए। प्रतिवेदनमा सहकारीको वित्तीय अवस्थाको विस्तृत अध्ययन तथा विश्लेषण गरिएको र सस्थाले बचतकर्ताको रकम अपचलन भएको पाईएको उनले बताए । कार्यालय बन्द अवस्थामा भएपनि वचतकर्तालाई भने सहकारीले रकम फिर्ता गरेको छैन्।
सहकारीको रकम फिर्ता गर्न समितिले उल्लेख गरेको छ । सहकारीलाई आठबिसकोट नगरपालिकाले बिभिन्न शिर्षकमा १ करोड ७२ लाख रुपैयाँ दिएको प्रतिवेदनमा छ । जसमध्ये २०७५ सालमा शैक्षिक कर्जा पाइलट अध्ययन गर्न गोविन्द केसी र ललित भण्डारीलाई ५०/५० लाख रुपैयाँ , घरेलु तथा साना उधम कर्जा ४८ लाख र विपन्न शेयर का लागि ३३ लाख ६५ हजार रुपैयाँ दिइएको छ । तर उक्त रकम अहिले सम्म सहकारीले असुल गर्न सकेको छैन्। ९५६ जना शेयर सदस्य रहेको संस्थाको कुल ५ करोडको पुँजी रहेको आठबिसकोट सहकारी संस्था केहि वर्ष यता बन्द अवस्थामा छ ।
सहकारीका अध्यक्ष हरी प्रसाद शर्मा भन्छन, कार्यालयले ऋण लिएका व्यक्ती र संस्थालाई पटक पटक पत्राचार गर्दा पनि अटेरी गरिरहेका छन्। बचतकर्ताको पैसा फिर्ता हुन्छ । ५० हजार देखि माथि ऋण लिएका ३६ जना ऋणीले नियमानुसार रकम फिर्ता नगरेको जानकारी दिए । लिएको ऋण रिकभरी गर्न नसक्दा सबै बचतकर्ताको एकमुस्ट रकम फिर्ता गर्न गाह्रो भएको छ ।हामी पनि ऋण नतिर्नेहरुलाई कानुनी कारबाहीको दायरामा ल्याउछौँ । सञ्चालक समिति बाट कुनैपनी रकम तलमाथि भएको छैन्।व्यक्तिगत रुपमा खर्च गरेर गाउँलेको रकम हिनामिना भएको छैन्। केही बदमाशी गर्ने व्यक्ति र सस्थाले गर्दा सहकारीमा समस्या देखिएको हो । उक्त सहकारीमा स्थानीयले श्रमपसिना गरेर, बाख्रापाठा, अन्नपात बेचेर र विदेशमा कमाएको रकम बचत गर्ने गरेका थिए ।
शहरतिरका सहकारीमा रकम ठगी भएपनि गाउँकै व्यक्तिले गाउँमै खोलेको सहकारीबाट रकम अपचलन हुन्छ भनेर कल्पना पनि नगरेको त्यहाँका बचतकर्ताले बताएका छन् । २०७४ चैत १८ गते आठबिसकोट वचत तथा सहकारी कार्यालय, आठबिसकोट नगरपालिकाको सहकारी ऐन २०७४ बमोजिम दर्ता भइ सञ्चालमा आएको उक्त सहकारीमा साढे १ सय बढी बचतकर्ताले दुःख पसिना गरेर कमाएको रकम बचत गरेका थिए । संस्थाले ऋण दिएको १ करोड ६१ लाख रकम चुक्ता गर्न सकेको छैन्। दैनिक बचत गर्ने ६९ जनाको १ लाख ७५ हजार र मासिक ११० जना बचतकर्ता को ३ लाख ३ हजार रुपैयाँ वचत गरेका छन्।
आठबिसकोट सहकारीको छानबिन समितिले प्रतिवेदन आठबिसकोट नगरपालिकामा पेश गरेपछि न्यायिक समितिलाई अनुसन्धान को लागि बाटो खुलेको छ । न्यायिक समितिका संयोजक धन कुमारी शाहीले भनिन, हामि छानबिन समितिको प्रतिवेदनको पर्खाईमा थियौँ । प्रतिवेदन आइसकेको छ । सहकारीलाई थप अनुसन्धान र प्रतिवेदनका आधारमा चाँडै टुङ्गो लाग्ने छ । शाहीका अनुसार न्यायिक समितिले उक्त सहकारीको छानबिन गरेर टुङ्गो लगाउने बताईन्।