रुकुम पश्चिम । जाजरकोट भूकम्प को एक वर्ष बढी पुग्यो तर पीडित अझैंसम्म पनि अस्थायी आवास मै बस्न बाध्य छन्। भूकम्पपीडित चैतको गर्मी, असारको वर्षात र पुस माघ को चिसोमा कठ्याङ्ग्रिनु उनीहरु लाई बाध्यता बनेको छ । भूकम्प पछी निर्माण हुने अस्थायी आवास समेत निर्माण नहुँदा पीडितहरु कठ्याङ्ग्रीदो चिसोमा दिन काट्न बाध्य छन्। चिसो बढेसँगै जाजरकोट, रुकुम पश्चिम र सल्यानका भुकम्प पिडितको विचल्ली भएको छ । भूकम्प गएको एक वर्षभन्दा बढी समय बितिसक्दा पनि पुनर्निर्माणले गति नलिदा बिचल्ली भएका हुन् । सरकारले ल्याएको कार्यविधि अनुसार अस्थायी आवासका लागि पाईने पहिलो र दोस्रो किस्ता वातपको ५० हजार रुपैयाँ नपाउँदा पीडितलाई समस्या थपिएको छ । जाजरकोट भूकम्प बाट प्रभावित रुकुम पश्चिम , सल्यान र जाजरकोटका वासिन्दा अझैपनी अस्थायी आवासमा बसिरहेका छन्। भने केहि पीडितले त अस्थायी आवास निर्माणका लागि पहिलो किस्ता समेत पाउन सकेका छैन्।
रुकुम पश्चिमको आठबिसकोट नगरपालिका -११ स्थित अस्थायी आवासमा बस्दै आएका भूकम्पपीडित खले घर्ती भन्छन, रातिमा सितलहर पर्ने हुँदा टिन बाट सितका थोपा भित्र पसेर चिसोले सताएको छ । एक्कासी बढेको चिसोले झन बालबालिका, महिला र जेष्ठ नागरिकको बिचल्ली भएको छ । अर्का पीडित तुले पुन भन्छन, ‘भूकम्पले घर ढाल्दा सरकारले सहयोग गर्ने भने पनि अहिलेसम्म कुनै वास्ता गरेका छैनन् ।’ जसोतसो ऋण भएपनी टहरा बनायौँ । अब दोस्रो किस्ता नपाउँदा ऋण लिएको पैसा तिर्न सकिएको छैन्। टहरामा चिसोले कठ्याङ्ग्रीएर मरिन्छ कि भन्ने पिर छ । लामो समयदेखि अस्थायी आवासमा बस्दै आउँदाको पिडा सुनाउँदै पीडितले अनेक कठिनाइ झेल्दै आएको बताएका छन्। अधिकांश पीडितलाई कसरी गुजारा गर्ने र आवास बनाउँदा लिएको ऋण कसरी तिर्ने भन्ने चिन्ता भइरहेका बेला एक्कासी सुरु भएको चिसोल थप बिचल्ली बनाएको छ ।
रुकुम पश्चिममा कायम भएका लाभग्राही मध्य दुई हजार दुई जनाले अस्थायी टहरा निर्माणका लागि सरकारले दिने भनेको पहिलो किस्ताको अनुदान रकम समेत पाउन सकेका छैनन् । लाभग्राही कायम भएका ३२ हजार ९९६ जनामध्य १६ हजारको लागि मात्र दोश्रो किस्ताको रकम निकाशा भएको छ । सामान्य रोजगार गरेर जिविका चलाईरहेकाहरुलाई थप समस्या थपिएको छ । धेरैले ऋण लिएर स्थायी आवास निर्माण गर्न थालेपनी पहिलो किस्ता नै नपाउनेको लागी भने समस्या थपिएको छ । दोस्रो किस्ताको रकम निकासा भएपनी पीडितले भने अझैसम्म दोस्रो किस्ताको रकम पाउनसकेका छैनन्।
अहिले टहरामुनी बस्दै आएका अधिकांश बालबालिका र वृद्धवृद्धा चिसोले कापिरहेका हुन्छन् । हिउँद सुरु भएसँगै चिसो बढ्ने क्रम सुरु भएकाले बालबालिका र वृद्धवृद्धा कठिनाई थपिएको बताईन्छ । गत वर्ष चिसोका कारण केही मानिसको ज्यान गएको थियो । अहिलेपनी धेरै परिवारहरू चिसोको मार खेपिरहेका छन्। गत वर्षको कात्तिक १७ मा गएको ६.४ म्याग्निट्यूडको भूकम्पमा कर्णाली प्रदेशको विशेषगरी जाजरकोट, रुकुम पश्चिम जिल्लाहरूमा ठूलो क्षति भएको थियो ।