एसपी यादव
सर्लाही । जिल्लाको बलरा नगरपालिका वडा नं. ९ छतौनास्थित बा ००६ ख २००४ नम्बरको बस पल्टिँदा सशस्त्र प्रहरी बोर्डर आउट पोस्ट बलराका इन्चार्ज सशस्त्र प्रहरी निरीक्षक विजय तुलाधरको बसले च्यापेर मृत्यु भएको छ ।
Advertisement
अत्यधिक गतिमा रहेको बस मंगलबार राति ९ बजे चेकपोस्टमा राखिएको ड्रमलाई ठक्कर दिँदै पल्टिएको थियो । बस पल्टिँदा प्रहरी निरीक्षक तुलाधर च्यापिएका थिए ।
गम्भीर घाइते भएका तुलाधरको उपचारको क्रममा प्रादेशिक अस्पताल मलंगवामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
चालक सहित तीन जनालाई नियन्त्रणमा लिएर घटनाको विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।