• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • श्रम बैदेशिक रोजगार
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, माघ ०४, २०८२
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • श्रम बैदेशिक रोजगार
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी

एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार

बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प

नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

कर्णाली र सुदूरपश्चिममा हल्का वर्षा र हिमपात हुने

लोकप्रिय समाचार

  • १. कठोर उपमेयर धन कुमारी शाही

  • २. विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

  • ३. रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

  • ४. रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

  • ५. के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

  • ६. आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

  • ७. आठबिसकोटमा पहिलोपटक पालिकास्तरिय खानेपानी गुणस्तर परिक्षण शिविर सुरु

  • ८. नेपाली काँग्रेसको सभापतिमा गगन थापा निर्विरोध

  • ९. म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

  • १०. रुकुम पश्चिमको बाँफिकोटमा जेसिबी दुर्घटना : सह-चालकको मृत्यु चालक सम्पर्क विहिन

राजमार्ग छेउमा मकै पोलेरै जीविका


  •   मङ्गलबार, पुष १६, २०८१ मा प्रकाशित
  • मोरङ : मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग घर भएका मेघराज बस्नेतले पाँच वर्षदेखि पूर्व पश्चिम राजमार्गमा पर्ने बेलबारी–८ स्थित चिसाङ खोला छेउमा मकै पोलेर बेच्दै आएका छन् । मकै पोलेरै पाँच जनाको परिवारको जीविका चलाउँदै आएका उनले भने, ‘व्यापारको टुंगो त हुँदैन, तर औसतमा दैनिक एक हजारदेखि एक हजार पाँच सय सम्म आम्दानी हुन्छ ।’

    Advertisement

    उनका अनुसार हाल रु २५ प्रतिघोगा किनेको हरियो मकै रु ४० प्रतिघोगाले बिक्री हुन्छ । बेलबारी–१० भाउन्ने घर भएका रमेश कुँवरले पनि मेघराजले झैँ सोही स्थानमा मकै पोलेर बिक्री गर्दै आएका छन् । घरमै होटल व्यवसाय सञ्चालन गरेका उनले कोरोनाका कारण व्यवसाय ठप्प भएपछि मकै पोलेर बेच्न थालेका हुन् ।

    हाल यो पेसाप्रति सन्तुष्ट रहेको उनले बताए । कुँवरका अनुसार राजमार्गमा यात्रारत अधिकांशले यहाँ गाडी रोकेका बेला पोलेको मकै किनेर खाने गर्छन् ।

    कानेपोखरी गाउँपालिका–५ बाट मकै पोल्न आउने गरेकी ५४ वर्षीया सुस्मिता राईले छोरीको सहयोगमा विगत चार वर्षदेखि मकै पोल्दै आएकी छन् । कानेपोखरी–५ की दुर्गा तामाङ पनि दुई वर्षदेखि सोही स्थानमा मकै पोलेर बेच्दै आएकी छन् । दैनिक एक सय घोगा पोलेको मकै बिक्री हुने उनी बताउँछिन् । जाडोमा मकै पोल्न सजिलो भए पनि गर्मीमा गाह्रो हुने उनीहरु बताउँछन् ।

    यात्रुहरु र सवारी चालकले पनि यहाँ पोलेको मकै देखेपछि गाडी रोकेरै खाने गरेका छन् । ‘यो राजमार्गमा यात्रा गर्दा यहाँ पोलेको मकै नखाई चित्तै बुझ्दैन’, ट्रक चालक रामु चौधरीले भने, ‘मकै खाँदै यहाँ आराम गर्दा थकाइ पनि मेटिने, मकै पनि स्वादिलो हुने भएकाले बानी नै परिसकियो ।’

    चिसाङ खोला छेउमा पोलेको मकै रुचाउने मानिसहरुको भीड लाग्ने गरेको छ । राजमार्गमा यात्रा गर्नेहरुको खाजा खाने नयाँ गन्तव्यका रुपमा यो ठाउँ विकास भइरहेको छ । कोभिड–१९ को महामारीदेखि यहाँ वैकल्पिक व्यवसायका रुपमा मकै पोल्न सुरु भएको हो । यहाँ २० भन्दा बढी स्थानीयले मकै पोल्ने पेशा गर्दै आएका छन् । वन कार्यालयले पहिलेदेखि यहाँबाट मकै पोल्नेलाई हटाउन कोसिस गरिरहेको छ ।

    डिभिजन वन कार्यालय मोरङका सूचना अधिकारी रामलखन ठाकुरका अनुसार अतिक्रमण नियन्त्रण गर्न वन क्षेत्रमा पर्ने उक्त स्थान खाली गर्न लागिएको हो । सर्वसाधारणको जिविका चलिरहेको यहाँबाट विस्थापित गर्न खोजिएपछि उचित व्यवस्थापनका लागि बेलबारी नगरपालिकाले बेलबारी–१० स्थित भाउन्ने चोक पूर्वपट्टि स्थायी रुपले व्यवसाय गर्ने ठाउँको व्यवस्थापन गर्ने योजना बनाएको नगर प्रमुख दिलप्रसाद राईले बताए । रासस

    मङ्गलबार, पुष १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी
    एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार
    बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प
    नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही
    आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन
    रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    लोकप्रिय

    • १.
      कठोर उपमेयर धन कुमारी शाही

    • २.
      विदेश पठाईदिन्छु भन्दै लाखौँ रुपैया ठगी गर्ने रुकुम पश्चिमका १ जना सहित ५ जना पक्राउ

    • ३.
      रुकुममा चुनावी सहकार्यका लागि जनार्दन शर्माले भेटे एमाले अध्यक्ष ओली लाई

    • ४.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ५.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    • ६.
      आठबिसकोटको जनविकास माविको नाम दुरुपयोग गर्दै भ्रामक भिडियो सार्वजनिक, विद्यालयको आपत्ति

    भर्खरै

    • १.
      बालेनले आज मेयर पदबाट राजीनामा दिदैं , दिउँसो घण्टी घर पस्ने तयारी

    • २.
      एमालेले रुकुममा टुंगो लगायो उम्मेदवार

    • ३.
      बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प

    • ४.
      नेपाली कम्युनिष्ट पार्टी कर्णाली प्रदेशको संसदीय दलको नेतामा मंगल बहादुर शाही

    • ५.
      आठबिसकोट नगर सभाको १९ औँ अधिवेशन सम्पन्न, ३ वटा कार्यविधि अनुमोदन

    • ६.
      रुकुम पश्चिममा खाना खानेक्रममा सर्किएर बटालाको मृत्यु

    • ७.
      म्यादी प्रहरीमा परेन मागअनुसार निवेदन

    • ८.
      के एमालेको चुनाव चिन्ह बाट जनार्दनले रुकुममा चुनाव लड्दै छन् ?

    हाम्रो बारेमा

    केन्द्रीय कार्यालय : आठबिसकोट,९ रुकुम पश्चिम
    शाखा कार्यालयः पोखरा २१, कास्की गण्डकी प्रदेश 

    सुचना . बिभाग.  दर्ता नं.  ४७६३ / ०८१ – ८२

    सम्पर्क

    फोन नं.
    ९८४१३०८५४०
    ९८४३३२३४३८

    ईमेल
    ujyalopati2024@gmail.com

    हाम्रो टीम

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    गण्डकी प्रदेश प्रमुख : सुजन वि क
    कर्णाली प्रदेश प्रमुख : नम्रता बिष्ट

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.