• समाचार
  • राजनीति
  • विशेष
  • आर्थिक
  • विचार
  • अन्तर्वार्ता
  • मनोरञ्जन
  • विज्ञान प्रविधि
  • खेलकुद
  • अन्य
    • प्रदेश
      • कोशी
      • मधेस
      • बाग्मती
      • गण्डकी
      • लुम्बिनी
      • कर्णाली
      • सुदुरपश्चिम
    • युवा ग्यालरी
    • उज्यालो पाटी विशेष
    • प्रतिनिधि सभा निर्वाचन ०८२
    • भिडियो
    • शिक्षा
    • स्वास्थ्य
×
आइतबार, कार्तिक ०१, २०८३
    • समाचार
    • राजनीति
    • विशेष
    • आर्थिक
    • विचार
    • अन्तर्वार्ता
    • मनोरञ्जन
    • विज्ञान प्रविधि
    • खेलकुद
    • अन्य
      • प्रदेश
        • कोशी
        • मधेस
        • बाग्मती
        • गण्डकी
        • लुम्बिनी
        • कर्णाली
        • सुदुरपश्चिम
      • युवा ग्यालरी
      • उज्यालो पाटी विशेष
      • प्रतिनिधि सभा निर्वाचन ०८२
      • भिडियो
      • शिक्षा
      • स्वास्थ्य

भर्खरै

सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

लोकप्रिय समाचार

  • १. नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

  • २. बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

  • ३. दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

  • ४. कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

  • ५. विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

  • ६. सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

  • ७. रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

  • ८. सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

  • ९. सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

राजमार्ग छेउमा मकै पोलेरै जीविका

  •   मङ्गलबार, पुष १६, २०८१ मा प्रकाशित
  • मोरङ : मोरङको बेलबारी नगरपालिका ११ लक्ष्मीमार्ग घर भएका मेघराज बस्नेतले पाँच वर्षदेखि पूर्व पश्चिम राजमार्गमा पर्ने बेलबारी–८ स्थित चिसाङ खोला छेउमा मकै पोलेर बेच्दै आएका छन् । मकै पोलेरै पाँच जनाको परिवारको जीविका चलाउँदै आएका उनले भने, ‘व्यापारको टुंगो त हुँदैन, तर औसतमा दैनिक एक हजारदेखि एक हजार पाँच सय सम्म आम्दानी हुन्छ ।’

    Advertisement

    उनका अनुसार हाल रु २५ प्रतिघोगा किनेको हरियो मकै रु ४० प्रतिघोगाले बिक्री हुन्छ । बेलबारी–१० भाउन्ने घर भएका रमेश कुँवरले पनि मेघराजले झैँ सोही स्थानमा मकै पोलेर बिक्री गर्दै आएका छन् । घरमै होटल व्यवसाय सञ्चालन गरेका उनले कोरोनाका कारण व्यवसाय ठप्प भएपछि मकै पोलेर बेच्न थालेका हुन् ।

    हाल यो पेसाप्रति सन्तुष्ट रहेको उनले बताए । कुँवरका अनुसार राजमार्गमा यात्रारत अधिकांशले यहाँ गाडी रोकेका बेला पोलेको मकै किनेर खाने गर्छन् ।

    कानेपोखरी गाउँपालिका–५ बाट मकै पोल्न आउने गरेकी ५४ वर्षीया सुस्मिता राईले छोरीको सहयोगमा विगत चार वर्षदेखि मकै पोल्दै आएकी छन् । कानेपोखरी–५ की दुर्गा तामाङ पनि दुई वर्षदेखि सोही स्थानमा मकै पोलेर बेच्दै आएकी छन् । दैनिक एक सय घोगा पोलेको मकै बिक्री हुने उनी बताउँछिन् । जाडोमा मकै पोल्न सजिलो भए पनि गर्मीमा गाह्रो हुने उनीहरु बताउँछन् ।

    यात्रुहरु र सवारी चालकले पनि यहाँ पोलेको मकै देखेपछि गाडी रोकेरै खाने गरेका छन् । ‘यो राजमार्गमा यात्रा गर्दा यहाँ पोलेको मकै नखाई चित्तै बुझ्दैन’, ट्रक चालक रामु चौधरीले भने, ‘मकै खाँदै यहाँ आराम गर्दा थकाइ पनि मेटिने, मकै पनि स्वादिलो हुने भएकाले बानी नै परिसकियो ।’

    चिसाङ खोला छेउमा पोलेको मकै रुचाउने मानिसहरुको भीड लाग्ने गरेको छ । राजमार्गमा यात्रा गर्नेहरुको खाजा खाने नयाँ गन्तव्यका रुपमा यो ठाउँ विकास भइरहेको छ । कोभिड–१९ को महामारीदेखि यहाँ वैकल्पिक व्यवसायका रुपमा मकै पोल्न सुरु भएको हो । यहाँ २० भन्दा बढी स्थानीयले मकै पोल्ने पेशा गर्दै आएका छन् । वन कार्यालयले पहिलेदेखि यहाँबाट मकै पोल्नेलाई हटाउन कोसिस गरिरहेको छ ।

    डिभिजन वन कार्यालय मोरङका सूचना अधिकारी रामलखन ठाकुरका अनुसार अतिक्रमण नियन्त्रण गर्न वन क्षेत्रमा पर्ने उक्त स्थान खाली गर्न लागिएको हो । सर्वसाधारणको जिविका चलिरहेको यहाँबाट विस्थापित गर्न खोजिएपछि उचित व्यवस्थापनका लागि बेलबारी नगरपालिकाले बेलबारी–१० स्थित भाउन्ने चोक पूर्वपट्टि स्थायी रुपले व्यवसाय गर्ने ठाउँको व्यवस्थापन गर्ने योजना बनाएको नगर प्रमुख दिलप्रसाद राईले बताए । रासस

    मङ्गलबार, पुष १६, २०८१ मा प्रकाशित
    तपाईको प्रतिक्रिया

    सम्बन्धित समाचार

    सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।
    सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।
    रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।
    सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।
    विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।
    दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    लोकप्रिय

    • १.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    • २.
      बूढीगण्डकी बाढी: सेनाद्वारा ३६ जनाको उद्धार

    • ३.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ४.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    भर्खरै

    • १.
      सम्भावित घटना वा चोरी डकैती बाट जोगिन उच्च सतर्कता अपनाउन गण्डकी प्रहरीको अनुरोध ।

    • २.
      सुनकोशी नदीमा जीप खस्दा ३ जनाको मृत्यु ४ घाइते ।

    • ३.
      रास्वपाले १८२ सिट पाएको हिसाब इतिहासले गर्ने छ- प्रचण्ड ।

    • ४.
      सिद्धान्त नै नभएको सरकारले कसरी जनताको पक्षमा काम गर्छ ? कमला पन्त ।

    • ५.
      विश्वकर्मा समाज नेपाल कास्कीद्वारा चाडपर्वको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न ।

    • ६.
      दशैँ नजिकिदा उपत्यका छाड्ने यात्रुको चाप उच्च

    • ७.
      कर्णाली : प्रदेश लोक सेवा आयोग: पाँचौँ तहका प्राविधिक तथा अप्राविधिक पदमा बढुवाका लागि दरखास्त आह्वान

    • ८.
      नेकपा नेता बोहराको प्रश्न संघीयताको औचित्यमाथि उठेका प्रश्नहरुको जवाफदेहि को ?

    हाम्रो बारेमा

    सम्पर्क : 9841308540
    समाचारको लागि इमेल : ujyalopatinews@gmail.com
    विज्ञापनको लागी इमेल: ujyalopati2024@gmail.com

    सुचना . बिभाग.  दर्ता नं. :  4763-2081/2082
    कम्पनी रजिस्ट्रार : 351844-2081/82

    सम्पर्क

    उज्यालो रिसर्च एण्ड मल्टिमिडिया प्राली
    सम्पर्क : 9843323438, 9765014880

    ईमेल : ujyalopati2024@gmail.com

    हाम्रो टीम

    अध्यक्ष : नेत्रा केसी

    प्रधान सम्पादक: अर्जुन बिस्ट

    सम्पादक : लक्ष्मी चौधरी

    समाचार सम्पादक : सुजन बि.क.

    Copyright ©2026 Ujyalo Pati | All rights Reserved.
     Website By :  nwTech.