आठबिसकोट । जाजरकोटको भेरी नगरपालिकामा तालाबन्दी गरिएको छ । नगरपालिकामा कार्यपालिका बैठक माग गर्दै नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रले तालाबन्दी गरेका हुन्।
Advertisement
विगत एकमहिना देखि बैठक नबसेको र पटक-पटक बहुमत कार्यपालिका सदस्यहरूले मौखिक तथा लिखित रुपमा बैठक बस्न माग गरे पनि कुनै वास्ता नगरेपछी प्रशासकीय भवनमा तालाबन्दी गरिएको जनाईएको छ ।
६ बुँदे मागसहित कार्यपालिका बैठक नबसेसम्मका लागि अनिश्चतकालका लागि तालाबन्दी गरिएको विज्ञप्ति मा उल्लेख गरिएको छ । प्रशासकीय भवनमा ताला लगाएसँगै नगरपालिकाका सम्पूर्ण काम प्रभावित भएका छन्।भने सेवाग्राहीलाई सास्ती भएको छ ।