काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को फाइनलका लागि शनिबार सुदूरपश्चिम रोयल्स र जनकपुर बोल्ट्स भिड्दैछन्।
Advertisement
एनपीएलको पहिलो संस्करणको उपाधि उचाल्ने लक्ष्यसहित सुदूरपश्चिम र जनकपुर मैदानमा उत्रिँदैछन्। खेल कीर्तिपुरस्थित क्रिकेट मैदानमा मध्याह्न सवा १२ बजे शुरु हुने छ ।
सुदूरपश्चिम र जनकपुरबीच दुईपटक प्रतिस्पर्धा भएको थियो। दुवै खेलको नतिजा सुदूरपश्चिम ले दुबै जित हात पारेको थियो ।