रुकुम पश्चिम । जनयुद्ध शब्द प्रयोग नगर्न सर्वोच्च अदालतको संवैधानिक इजलासले आदेश दिएपछि माओवादी केन्द्रका नेता जनार्दन शर्माले आफ्नो धारणा व्यक्त गरेका छन् । शर्माले प्रतिबन्ध लोकतन्त्रको उपहास भएको उल्लेख गर्दै सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा राखेका छन् ।
शर्मा लेख्छन, ”तिमी प्रतिबन्ध भएको सुने, हुनसक्छ तिमीलाई सामाजिक न्यायको प्रवक्ता बुझेर चिसो छिडीमा सडाउन चहान्छन्। धारालाई तिम्रो प्रतिकुल बनाउनमा आफ्नै आत्मबालको कमी भएको महशुस गरेको छु। तर युगको माग , युवाको दिमाग र प्रविधिको विकाससंगै जनआकाङ्क्षा पूरा गर्न नयाँ स्वरुपमा नयाँ पहिचान बोकेर, पुरानो नाल होइन वेभ बनेर फेरि आउने छौ। देशको आवश्यकता पूरा गर्ने लक्ष्य बोकेर बाँकी अभिभारा पूरा गर्ने सङ्कल्प सहित नयाँ पुस्ताको चाहना अनुसार ए आई मा सवार हुनेछौ। प्रतिबन्ध त लोकतन्त्रको उपहास हो। जनयुद्ध तिमी प्रतिबन्धित भएछौ।”