मुसिकोट । प्रेस सेन्टर नेपाल रुकुम पश्चिमको जिल्ला अधिबेशन यहि पुस ११ गते सदरमुकाम खलंगामा हुने भएको छ । सदरमुकाम खलंगा स्थित जिल्ला समन्वय समितिको सभाहलमा हुने अधिबेशनमा प्रेस सेन्टर नेपालसंग आवद्ध जिल्लाभरका पत्रकारहरुको सहभागीता हुने जनाईएको छ ।
प्रेस सेन्टर नेपालको केन्द्रीय सर्कुलर अनुसार यहि पुस १५ गतेभित्र जिल्ला समितिको अधिबेशन गर्नुपर्ने भएकोले रुकुम पश्चिमको जिल्ला अधिबेशन पुस ११ गते गर्न लागिएको प्रेस सेन्टर नेपालका केन्द्रीय सदस्य तथा रुकुम पश्चिम जिल्ला इन्चार्ज मेगराज खड्काले जानकारी दिनुभयो ।
उहाँका अनुसार जिल्ला अधिशेनमा संगठनका गतिविधि र योजना कार्यक्रमहरुको समिक्षा संगै आर्थिक तथा सांगठनिक प्रतिबेदनमा छलफल, पारित संगै नयाँ नेतृत्व समेत चयन हुने छ ।
पुस १५ भित्र जिल्ला अधिबेशनहरु सकिएपछि पुस मसान्तभित्र प्रदेश अधिबेशनहरु हुनेछन भने माघ १५ गते केन्द्रीय महाधिबेशन गर्ने मिति तय भैसकेको छ ।