कर्णाली बिकास बैंकलाई संकटउन्मुक होइन तत्काल संकटग्रस्त घोषना गरि राष्ट्र बैँकको प्रत्यक्ष निगरानीमा जनताको निक्षेप सुरक्षित गर्नु पर्ने माग राख्दै नेकपा बहुमत ५ र ६नम्वर व्युरोे संगठन समितिले राष्ट्र बैकलाई ज्ञापन पत्र बुझाएको छ । शुक्रवार राष्ट्र बैँकको नेपालगन्ज शाखा कार्यालयमा पुगेर ज्ञापन पत्र बझाएको हो ।
यहि मंसिर ११ गते राष्ट्र बैंकले कार्णाली बिकास बैँकको नाममा निकालिएको सूचना र त्यसपछि मंसिर १३ गते कर्णाली बिकास बैंकले निकाले प्रेस बिज्ञप्ती प्रति पार्टीको गम्भीर ध्याणाकर्षण भएको बताउदैँ उक्त पार्टीले ज्ञापन पत्र बुझाएको हो । यतिवेला देशलाई बित्तिय आतंकले आक्रन्त तुलाएको र जनमारा तथा जनपिराह आर्थिक आतंकको एक मात्र कारण दलाल संसदीय व्यवस्था हो भन्ने हाम्रो ठम्याई रहिआएको छ । त्यसैले हाम्रो पार्टीले दलाल संसदीय व्यवस्थाको निस्सासिदो भुमरीबाट जनतालाई मुक्ति दिलाउन बैज्ञानिक समाजबादीको कार्यदिशा सहित अनवरत संघर्षको मैदानमा डटिरहेको छ, उक्त पार्टीले राष्ट्र बैंकलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।
जनताको निक्षेप जोखिम हुनुमा मुठ्ठिभर माफियाको जति हात छ त्यसलाई अनदेखा गर्ने बैंकको बैंक राष्ट्र बैंकको पनि हात रहेका बताउँदै जनताको निक्षेप सुक्षित गर्न र बाफिया भित्र घुसेका माफियाहरुलाई कारबाही गर्नु पर्ने नेकपा बहुमत ५र ६ नम्वर व्युरोको माग रहेको छ । कर्णाली बिकाश बैंकको ४० प्रतिशत भन्दा बढि खराव कर्जा भएको प्रमाणित भएपछि राष्ट्र बैंकले उक्त बैंकलाई थप ऋण दिन र थप जनताबाट निक्षेप निकाल्न रोक लगाएको थियो । बैंकले निकै कम मूल्याङ्कनको धितो उपर निकै बढि कर्जा दिएको , फेक धितो राखेर ऋण दिएको , ऋण तिर्न नै नसक्नेका नाममा फेक ऋणी खडा गरी ऋण दिएको लगाएतका कारण राष्ट्र बैंकले कर्णाली बिकाश बैंकलाई कारबाही गरेको थियो ।
यस्ता छन् ज्ञापनपत्रमा बुझाएका मागहरु ः
१. कर्णाली बिकास बैंकलाई संकटउन्मुख मात्र होइन तत्काल घोषणा गरि राष्ट्र बैंकको निगरानीमा जनताको निक्षेप सुरक्षित गर्नु पर्ने ।
२. कर्णाली बिकास बैंकलाई बर्बाद पार्ने गिरोहलाई कार्वाहीको दायरामा ल्याउनु पर्ने ।
३. राष्ट्र बैंकको तर्फबाट सुपरिवेक्षणमा गएर कर्णाली बिकास बैंकका काला कर्तुतमा पर्दा हाल्ने कर्मचारीलाई कारबाही गर्नु पर्ने ।
४. जनताको निक्षेपको ग्यारेन्टी गर्नुका साथै जनतालाई आफ्नो निक्षेप फिर्ता पाउन राष्ट्र निश्चित समय दियर आह्वान गर्नु पर्ने ।
५. कर्णाली बिकास बैंकका उच्च व्यवस्थापन, संचालक तथा पुर्ब संचालक , शेयर धनी, भ्यालुएटर लगाएतको बैंक खाता,सम्पत्ति रोक्का र बिदेश जान अबिलम्व रोक्नु पर्ने ।
६. जोखिमपुर्ण अवस्थामा रहेको शेयर मुल्य अधिक देखाई कृर्ते गरि सर्बसाधाण ठग्ने धितो बोर्डमा संलग्न कर्मचारीलाई कारबाहीको दायरामा ल्याउनु पर्ने ।

