सुनसरीको गढी गाउँपालिका वडा नम्बर- ६ का वडाध्यक्षसहित नेकपा (एमाले)का दुईसय १३ जना कार्यकर्ताले पार्टी छाडेका छन्।
गत मंसिर १६ गते गढी गाउँपालिका ६ मा भएको उपनिर्वाचनमा पार्टीका उम्मेदवार पराजित भएपछि नेतृत्वविरुद्ध विभिन्न आरोप लगाउँदै पार्टीका वडाध्यक्ष चित नारायण खेरबारसहित एमालेका दुईसय १३ जना संगठित सदस्यले पार्टी छाडेका हुन्। गढी ६ मा भएको उपनिर्वाचनमा एमाले उम्मेदवार सन्तु उराव तेस्रो भएका थिए। वडाध्यक्षमा कांग्रेसका तेतर साहु विजयी हुँदा माओवादीका कुशेश्वर खेरबार दोस्रो भएका थिए।
प्रेस विज्ञप्तिमा भनिएको छ, ‘प्रदेश सांसद रामदेव यादवले कांग्रेसका तप्कन दाससँगको आर्थिक लेनदेनको हल्ला हातीमुडामा चल्नु र पालिका उपाध्यक्ष अनिता साहले जातीको आधारमा कांग्रेसका उम्मेदवारको पक्षमा भोट माग्दै हिँड्नु नै हाम्रो उम्मेदवारको पराजयको मुख्य कारण बनेको छ।’
हेर्नुहोस् प्रेस विज्ञप्ति
