आठबिसकोट । जाजरकोटको भेरी नगरपालिका १० नुवागाउँमा जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ ।
मध्यपहाडि राजमार्ग अन्तर्गत पर्ने नुवागाउँको कृष्ण मन्दिर नजिकैको भिरबाट बुधबार बेलुका जिप खसेको हो।
सिंह एण्ड ब्रदर्स निर्माण सेवा प्रा. लि. को बोलेरो जिप दुर्घटना हुदा
जिपमा सवार चार जना मध्य दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने एक जनाको घाईते अवस्थामा उद्धार गरिएको र एक जना बेपत्ता रहेका छन् ।
घाईतेको खोजि भईरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ । मृतक र घाईतेको पहिचान हुन सकेको छैन ।