नेकपा एमालेका महासचिव शंकर पोखरेलले सम्पन्न स्थानीय तहको उपचुनावको परिणामले माओवादी केन्द्रले आफ्नो जनमत सुधार गरेको बताएका छन्। उनले चुनावी परिणाम आफ्नो पार्टीका लागि पनि सुधारोन्मुख भएको सामाजिक सञ्जाल मार्फत दावी गरेका छन्।
काठमाडौँ उपत्यकामा भने आफ्नो पार्टीले अपेक्षाकृत सफलता प्राप्त गर्न नसकेको पनि उनले स्वीकार गरेका छन्। उनी लेख्छन, उपचुनावको परिणामलाई लिएर एमाले तेश्रो भनेर प्रचार भइरहेको छ। अहिलेको निर्वाचन परिणामको सामान्य विश्लेषण गर्दा त्यस्तै देखिन्छ,’ उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘तर चुनाव भएको निर्वाचन क्षेत्रको विगतको परिणाम र त्यस क्षेत्रको राजनीतिक प्रभावका हिसाबले विश्लेषण गर्ने हो भने निष्कर्श त्यो भन्दा भिन्न देखिन्छ।’
उनले उपचुनावबाट माओवादी केन्द्रले १ गाउँपालिका अध्यक्ष, १ उपाध्यक्ष र १ वडाध्यक्ष थप्न सफल भएको भन्दै माओवादी केन्द्रको जनमतमा सुधार आएको बताएका हुन्।