काठमाडौं । आइतबारर भएको उपनिर्वाचनमा रुकुमपूर्व पुथाउत्तरगंगाको उपाध्यक्षमा नेकपा माओवादी केन्द्रकी नरपुरा बुढा विजयी भएकी छन् ।
Advertisement
कांग्रेस र एमाले गठबन्धनकी उम्मेदवार एमालेकी केशकुरमारी तुलाचनलाई हराउँदै बुढा निर्वाचित भएकी हुन् । बुढाले ३६२७ मत ल्याउँदा एमालेकी तुलाचनले २१२८ मत पाइन् ।
एमालेकी तुलाचन कांग्रेसको चुनाव चिह्न रुख लिएर प्रतिस्पर्धामा थिइन् । यसअघि २०७९ मा माओवादीबाट निर्वाचित भूपेन्द्रा बुढाको दुर्घटनामा निधन भएपछि उपनिर्वाचन भएको हो । त्यसबेला पनि यहाँ कांग्रेस–एमाले गठबन्धनलाई पराजित गर्दै भूपेन्द्रा विजयी भएकी थिइन् ।