आठबिसकोट । उपनिर्वाचनमा रुकुम पश्चिम जिल्लाको सानीभेरीमा गाउँपालिकामा नेपाली काँग्रेस विजयी भएको छ । गाउँपालिकाको वडा नम्वर ५ वडाअध्यक्षमा नेपाली काँग्रेसका उम्मेदवार मोतीराम खत्री निर्वाचित भएका छन।
Advertisement
खत्रीले ५९० मत ल्याएर वडा अध्यक्षमा निर्वाचित भएका छन्। भने उनका प्रतिद्वन्दी माओबादी केन्द्रका जसिराम बस्नेतले ५३७ मत ल्याएका छन्। निर्वाचन अधिकृतको कार्यालयका अनुसार यहाँ एक हजार १४६ मत खसेको थियो ।