काठमाडौं । स्थानीय तह उपनिर्वाचनमा विभिन्न ४१ पदका लागी आज बिहानैदेखि मतदान सुरु भएको छ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई, उपाध्यक्ष चार र वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन हुन लागेको हो । 
Advertisement
बिहानैदेखि उल्लासका साथ मतदाले मतदान गरिरहेका छन्। उपनिर्वाचन मतदानमा जाजरकोटको नलगाड नलगाड नगरपालिका -३ कट्केका स्थानीय ९३ वर्षका जेष्ठ नागरिक अर्जुन थापा र अर्का ८१ वर्षका जेष्ठ नागरिक मतदान गरेका छन्। 
त्यस्तै रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-५ मा ८५ वर्षीय गम्मरसिं कुसारीले पहिलो मतदान गरेका छन्। हेटौडा उपमहानगरपालिका-१२ स्थित प्रतिभा आधारभुत विध्यालय मतदान केन्द्र मा ९० वर्षीया माईलिमाया घलान मतदान गरेकी छन्। उपनिर्वाचनमा आफ्नो मतअधिकारको प्रयोग गर्दै जेष्ठ नागरिकहरुले मत खसालेका छन्।