रुकुम पश्चिम । जिल्लाको सानीभेरी गाउँपालिका -५ मा बिहानैदेखि मतदान सुरु भएको छ । सानिभेरी गाउँपालिकाको वडा नम्बर ५ मा वडाअध्यक्ष पदको लागि बिहान ७:३० बजे मतदान सुरू भएको हो ।
Advertisement
कुल १४ सय ३४ मतदाता रहेका वडामा वडाध्यक्ष पदका लागि २ उम्मेदवार प्रतिस्पर्दामा छन् । नेपाली काँग्रेसका तर्फबाट मोतिराम खत्री र नेकपा (माओवादी केन्द्र) का तर्फबाट जसीराम बस्नेत उम्मेदवार रहेका छन् ।
नेपाल राष्ट्रिय मावि घापाघारमा क र ख गरि दुई वटा मतदान केन्द्र कायम गरिएको छ ।